बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद पक्रन अदालतद्वारा पक्राउ पूर्जी जारी

बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद पक्रन अदालतद्वारा पक्राउ पूर्जी जारी
+
-

जनकपुर – जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गर्ने राजपा नेपालका सांसद प्रमोद कुमार साहविरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको छ।

सोमवार जनकपुर विमानस्थलको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको भन्दै नेपाल नागरिक उडड्यन प्राधिकरण जनकपुरले राजपा नेपालका सांसद प्रमोद कुमार साहमाथि किटानी दिएपछि उनलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी भएको हो ।

नागरिक उडड्यन प्राधिकरण जनकपुरले जिल्ला प्रहरी कार्यालय धनुषामा गैर सैनिक हवाई उड्डयन ऐन २०१५ अन्तर्गत मुद्दा दिएपछि जिल्ला अदालत धनुषाबाट पक्राउ गर्न आदेश लिएको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले बताए ।

सांसद साहलाई पक्राउ गर्न जिल्ला अदालत धनुषाबाट अनुमति लिई पक्राउ गर्न काठमाडौँमा पक्राउ पूर्जी पठाएको प्रहरी उपरीक्षक खनालले बताए ।

सांसद साहले सोमवार जनकपुर विमानस्थलमा विमान ढिलो आएको भन्दै बुद्ध एयरको काउण्टरमा तोडफोड गरेका थिए ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’