जनकपुरधाम– जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा पक्राउ परेका प्रतिनिधिसभा सदस्य प्रमोद कुमार साहलाई रिहाईको माग गर्दै राजपा नेपालका कार्यकर्ताहरु आन्दोलनमा उत्रेका छन् ।
राजपाका कार्यकर्ताहरुले बुधबार बिहान सांसद साहको रिहाइको माग गर्दै जनकपुरधामको रामानन्द चोकमा एक घण्टा चक्काजाम गरेर प्रदर्शन गरेका छन् । राजपा नेपाल धनुषाले जनकपुरस्थित रामानन्द चोकको पूर्वपश्चिम राजमार्ग अबरुद्ध गर्दै टायर जलाएर ८ बजे देखि ९ बजे सम्म प्रदर्शन गरेका छन् ।
सांसद साहलाई म्याद थपको लागि जिल्ला अदालत धनुषामा उपस्थित गराउने तयारीमा प्रहरी रहेको छ । गत सोमवार प्लेन ढिलो भएपछि सर्लाही क्षेत्र नं. १ बाट निर्वाचित साहले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेका थिए ।

भर्खरै
लोकप्रिय






































































































































































































