काठमाडौं-इन्टरनेट बादशाह गुगलले एक वर्षपछि आफ्नो पिकसेल ४, पिक्सेल ४ एक्सएल सार्वजनिक गरेका छन्।
न्यूयोर्कमा आयोजित एक कार्यक्रममा गुगलले पिक्सेल स्मार्टफोनका साथै पिक्सेल बड्स तथा पिक्सेलबुक समेत सार्वजनकि गरेका हुन।
गुगलको यो पिक्सेल ४, पिक्सेल एक्सएल स्मार्टफोनले रातिको फोटोग्राफीका लागि नाइट साइड मोड दिइएको छ। उक्त नाइट साइड मोडको मद्दतले आध्यारो रातमा समेत शानदार तस्बिरहरु लिन सकिने गुगलले दाबी गरेको छ।
यसका साथै पिक्सेल ४ मा ५.७ इन्चको फुल एचडी प्लस डिस्प्ले राखिएको छ भने पिक्सेल एक्सएलमा ६.३ इन्चको क्वाड एचडी प्लस डिसप्ले राखिएको छ। त्यस्तै पिक्सेल ४ मा २८ हजार एमएएच ब्याट्री राखिएको छ भने पिक्सेल एक्सएलमा ३७ हजार एमएएचको ब्याट्री राखिएको छ।
दुवै फोनमा १८ वाटको फास्ट चार्जर मिल्नेछ। दुवै स्मार्टफोनमा टाइप-सी चार्जिङ पोर्ट रहेको छ। डुअल सिमकार्ड लाग्ने यो यी स्मार्टफोनमा एउटा इ-सिम रहनेछ।