सरकारले ‘आर्टिफिसियल इन्टेलिजेन्स कन्फ्रेन्स’को आयोजना गर्ने

सरकारले ‘आर्टिफिसियल इन्टेलिजेन्स कन्फ्रेन्स’को आयोजना गर्ने
+
-

काठमाडौं-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस अन्तिम साता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धि कन्फ्रेन्स आयोजना गर्ने भएको छ।

दशैंअघि मन्त्रालयमा बसेको बैठकले कार्यक्रम तयारी संयोजनको जिम्मा मन्त्रालयका सचिव सञ्जय शर्मालाई दिएको छ। यसको सल्लाहकार समिति अध्यक्षमा पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश शाह छन्।

हालै जारी भएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिअनुरुप देशभरका विज्ञान प्रविधिका गतिविधि समेटेर तयार पार्न लागेको ‘क्यालेन्डर इभेन्ट’अन्तर्गत सम्मेलन हुनेछ।

हालै जारी गरिएको नीतिमा उदीयमान प्रविधिहरुलाई विशेष महत्वसाथ देशको विकासमा विज्ञान प्रविधिलाई मूल प्रवाहीकरण गर्ने उद्देश्य राखिएको छ। सोहीअन्तर्गत कार्यक्रम आयोजना गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति कार्यान्वयन गर्ने दिशामा एआई कन्फ्रेन्स कोसेढुंगा सावित हुने विश्वास लिइएको मन्त्री गिरिराजमणि पोखरेलले बताए।

विश्वमा जारी चौथो औद्योगिक रिभोल्युसनअन्तर्गत एआई युगमा विश्व प्रवेश गरेको सन्दर्भमा राष्ट्रलाई त्यसतर्फ अघि बढाउने, नीतिनिर्मातालाई सचेत र जागरुक बनाउदै एसडीजीका लक्ष्य हासिल गर्न सम्मेलन सार्थक हुने मन्त्री पोखरेलको भनाइ छ।

प्राम्भिक तयारीअनुसार सम्मेलन ३ देखि ५ दिनसम्म आयोजना हुनेछ। सम्मेलनमा सहभागी हुन विश्वभरका प्रतिष्ठित एआई विज्ञ नेपाल आउनेछन्।

सम्मेलनमा विज्ञहरूसँगै नीति निर्माता, विदेशी संघसस्था र सरोकारवालाको उल्लेख्य सहभागिता रहनेछ। इमर्जिङ प्रविधिहरुमा केन्द्रित रहेर सरकारले आयोजना गर्ने यो सम्मलेन नेपालका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?