सिमकोट– मस्तिष्क घातबाट पीडित नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहरालाई आर्थिक सहयोग जुटाउन अभियान थालिएको छ ।
बोहरा हाल काठमाडौँको बासघारी स्थित न्यूरो अस्पतालमा उपचाररत छन् । उनको उपचारमा सहयोग गर्नका लागि आर्थिक संकलन अभियान थालिएको हुम्लाका पत्रकार नरजगं तामाङले बताए ।
हालसम्म उनको उपचारका लागि दुई लाख भन्दा बढी रकम जिल्लामा संकलन भैसकेको र यो क्रम अझै जारी रहेको उनले बताए ।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































