महावीर पुनको नेतृत्वमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना

महावीर पुनको नेतृत्वमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना
+
-

काठमाडौँ– महावीर पुनको नेतृत्वमा शुक्रबार काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको राष्ट्रिय आविष्कार केन्द्रको उद्घाटन गरिएको हो।

जनस्तरबाट र विदेशीहरुले पनि गरेको करिब ८ करोड बजेटमा सो केन्द्र स्थापना गरिएको हो। नेपाली जनताले दिएको दान र विदेशीहरुको सहयोगमा सो केन्द्र स्थापना गरिएको केन्द्रका अध्यक्ष समेत रहेका पुनले जानकारी दिए।

नयाँ–नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिने खालका कुनै पनि क्षेत्रको बस्तुहरुको उत्पादन गरेर व्यापार गर्न आवश्यक सहयोग गर्ने गरी सो केन्द्र स्थापना गरिएको पनि अध्यक्ष पुनले बताए।

केन्द्रमा हाल २० वटा प्रोजेक्ट संचालनमा आएका छन्। ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम सुरु गरिएको पनि केन्द्रले जनाएको छ।

केन्द्रले हाल चितवनमा कुखुराको दाना र माछा पालनका लागि काम गरिरहेको छ। त्यसैगरी पर्यटन, कृषिका क्षेत्रमा पनि पोखरा, विराटनगर लगायतका सहरमा काम सुरु गरिएको छ।

केन्द्रका अध्यक्ष पुनले नयाँ आविष्कारको क्षेत्रमा काम गर्न केन्द्रले शैक्षिक योग्यताको माग नगर्ने पनि स्पष्ट पारे। उनले नयाँ काम गरेर उद्यमी बन्न र रोजगारीको अवसर सृजना गर्ने कामका लागि आवश्यक बजेट र सामग्रीहरुको पनि सहायता गर्ने  बताए।

नेपालको ग्रामिण क्षेत्रमा पहिलो पटक इन्टरनेट सेवा संचालनमा ल्याएका पुनले सो राष्ट्रिय आविष्कार केन्द्र स्थापनाको पनि नेतृत्वको गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?