सिमकोट– जंगलमा घाँस काट्ने क्रममा एक महिलालाई भालुले आक्रमण गर्दा घाइते भएकी छन्। भालुको आक्रमणमा परि खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ नल्नकी भगवती शाही घाइते भएकी हुन्।
शनिबार बिहान घरबाट घाँस काट्न गएको बेला साढे सात बजे वनमा भालुले आक्रमण गरेको घाइतेका श्रीमान रामपुर शाहीले बताए। घाइते भएको थाहा पाएपछि घरबाट गएर उनको उद्धार गरिएको उनले बताए।
घाइतेको अवस्था गभ्मीर भएपछि प्राथमिक उपचार गाउँमै गरिएको र त्यसपछि जिल्ला अस्पताल ल्याएको थियाे। ३५ वर्षीया शाहीको दायाँ गाला र ढाडमा भालुले चिथाेरेर ठूलो घाउ बनाएको हुँदा जिल्ला बाहिर रिफर गरिएको छ।
जिल्लामा उपचार गर्न उपकरण तथा आवश्यक औषधी नभएको भन्दै अस्पतालले जिल्ला बाहिर रिफर गरेपछि आइतबार बिहान नेपालगंज लगिने घाइतेका आफन्तले जानकारी दिए।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































