सिमकोट-नदीको बहाब बढी हुँदा रोकिएका डोजरहरु कर्णालीको सहायक नदीमा पार गरेर सडक निर्माणका प्रयोग हुन थालेको छ।
बर्खामा पानी ठूलो हुँदा रोकिएका ती डोजरहरु अहिले दोजाम कर्णालीमा पानीको बहाब कम भएपछि नदी तरेर सडक निर्माणमा प्रयोग हुन थालेका हुन।
कर्णाली करिडोर अन्र्तगत खार्पु सुनाखाडा क्षेत्रमा काम गर्न गत असारमा नदी तरेर गएका डोजरहरु अहिले नदीमा पानी कम भएपछि खार्पुमा बिस्तार गर्ने सडक निर्माणका लागि नदी तरेर आएको स्थानीय काली बहादुर शाहीले बताए।
यसअघि दोजाम कर्णाली ठुलो हुँदा डोजरले वारपार गर्न नसक्दा बिस्तार तथा नयाँ निर्माण गनुएपर्ने बाटो रोकिएको थियो। अहिले नदीमा पानीको वहाब कम भएपछि नदी तरेर एक साथ दुई वटा डोजर आएपछ सडकको बिस्तार गर्ने कार्य सुरु भएको सिमकोट हिल्सा सडक आयोजनाले जनाएको छ।
उक्त नदीमा पुल नभएको कारण हिउँदेयाममा मात्र डोजरले वारपार गरेर सडक निर्माण गर्ने कार्य गरि रहेका छन्।
नदी तरेर आएका यी दुई वटा डोजरले खार्पुमा सडकको बिस्तार तथा केही भाग नायँ सडक निर्माण गर्नेछन्। अब यो क्रम आगामी बैशाख महिनासम्म चल्नेछ।
कर्णाली र दोजाम कर्णाली नदीको दोभान समेत रहेको उक्त स्थानमा मोटरेबल वा बेलिब्रिज नबन्दासम्म यस्तै मौका छोपेर डोजरले काम गर्नुपर्ने अवस्था छ।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































