नियमित हवाई उडान नहुँदा हुम्लाबासीलाई सकस

नियमित हवाई उडान नहुँदा हुम्लाबासीलाई सकस
+
-

सिमकोट– दसैँ सकिएपछि हुम्लाबाट सुर्खेत र नेपालगञ्ज झर्ने यात्रुहरुले टिकट नपाएर सास्ती खेप्नु परेको छ।

सिजनमा दैनिक बीसदेखि पच्चीस उडान भर्ने निजि एयरलाइन्सहरुले दसैँ तिहारमा उडान भर्न छोडेपछि हुम्लाबाट तल फर्कने यात्रुहरुले सास्ती खेप्नु परेको हो।

चार दिनसम्म लगातार टिकट नपाएपछि काम विशेषले नेपालगञ्ज फर्कन लागेका दलु फडेरा सिमकोटमै राेकिएका छन्। ‘अझै जान पाइने हो कि होइन केही थाहा छैन’, निरास हुँदै उनले भने।

फडेरा एक जना उदाहरण मात्र हुन्। उनी जस्तै धेरै यात्रुहरुको मर्का उस्तै छ।

यसरी सिमकोटबाट नेपालगंज र सुर्खेत जानुपर्ने यात्रुहरुले खेप्नु परेको सास्तीको कारण भने व्यावसायिक रुपमा चल्ने निजि एयरलाईन्स कम्पनी हुन्।

अहिले नेपालगंजबाट सिमकोट उडान भर्नेमा तारा एयर मात्र छ। जसले दैनिक एउटा मात्रै उडान भर्ने गर्नाले यात्रुहरुको चाप अनुसार उडान नहुँदा यात्रुहरुले समस्या खेप्नु परेको हो।

बिहान सात बजे एयरलाइन्सका कार्यालयमा जानु, टिकटको खोजी गर्नु र अन्तमा टिकट नपाएर फर्कनु हिजोआज सिमकोट विमानस्थलमा यात्रुको दैनिकी जस्तै भएको छ।

अरु सिजनमा बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म उडान भर्ने सीता र समिट एयरका जहाजहरु काठमाडौँबाट पूर्वतर्फ केन्द्रित हुँदा कर्णालीका हिमाली जिल्लामा समस्या भएको हो।

हवाईजहाजहरुले मनलाग्दी गर्नाले यात्रुहरुले बेला–बेला यस्तो समस्या भोग्नु नियमित जस्तै भएको स्थानीय राम बोहराले बताए।

सडक सञ्जालमा नजोडिएको हुम्लाका बासिन्दाले नाफामूखी हवाई सेवाका कारण दु:ख पाउँदै आएका छन्।

हप्तामा दुई उडान भर्ने नेपाल एयरलाईन्सले पनि नियमित उडान नभर्दा झन् समस्या भएकाे हाे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?