
जनकपुरधाम-चाड पर्वको अवसरमा शुक्रवार बजार अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाबाट शाखा अधिकृत तथा अनुगमनका संयोजक गणेश मिश्रको नेतृत्वमा गएको अनुगमन टोलीले जनकपुरधाममा सञ्चालनमा रहेको दुईवटा भाँडा बनाउने कारखाना र मिष्ठानको पसलमा अनुगमन गरेको छ।
अनुगमनको क्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १९ बेँगा सिवपुरमा सञ्चालनमा रहेको कृष्णा मेटल उद्योगमा कारखाना सञ्चालनको लागि चाहिने कागजातहरुको कमी थियो भने कानूनलाई धज्जी उडाउँदै बालश्रम गराएको पाईएको छ।
कारखानामा रहेको काम गर्नुमा अति नै जोखिम भएपनि त्यस कारखानामा करिब १० वर्षीय बालकसँग काम गराएको पाइएको छ। कारखानाका व्यवस्थापक राजदेव यादवसँग बालश्रमको बारेमा सोध्दा उनले केहि जवाफ दिएन भने अनुगमन टोलीका प्रमुख भने आफूले हेर्न नपाएकोले कुनै कारवाही नगरेको बताए।
कारखानामा बालश्रम गराएको पाइएतापनि संबन्धित निकायबाट कुनै कार्यवाही भएको छैन्।त्यस्तै जनकपुरधाममै रहेको मिष्ठान पसलमा अनुगमन गर्दा एउटा होटेलमा कागजातहरुको कमी थियो भने अर्को होटेलको अवस्था राम्रो देखिएको छ।
जिल्ला प्रशासनबाट पटक पटक अनुगमन गरिएपनि कार्यवाही गरिदैन्। पछिल्लो पटक जनकपुरधामको विभिन्न होटेलहरुको अनुगमन गरिएतापनि कार्यवाही हुन सकेकोक छैन्। त्यस्तै अनुगमनलाई भने निरन्तर्ता दिइदैन्।
चाडपर्व आएपछि सक्रिय हुने बाँकी समय खासै सक्रियता देखाउँदैन्।अनुगमनको क्रममा खाद्यय प्रविधि, घरेलु, भन्सार, सुरक्षा निकाय तथा प्रशासनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।