मुखियाको आदेश नमान्दा गाँउबाटै विस्तापित

मुखियाको आदेश नमान्दा गाँउबाटै विस्तापित
+
-

जनकपुरधाम-संसार अहिले २१औँ शताब्दीमा गईसकेको छ तर अहिले पनि गाउँघरमा छुवाछुत, दाईजो, बोक्सीको आरोपमा कुटपिट लगायतका घटनाहरु हुँदै आएको छ।

खास गरेर शिक्षाको कमी रहेको क्षेत्र तथा दलित समुदायसँग यस्ता घटना बढी मात्रामा हुने गरेको छ। देशमा छुवाछुत जस्ता कुप्रथालाई सरकारले पूर्ण रुपमा हटाइसकेको र यस्तो आरोपमा कुटपिट, प्रताडन दिनु जस्ताको लागि कडा कानून समेत बनाएको छ। तर त्यो कागजमा मात्रै सिमित भएको देखिएको छ।

धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिकामा माईजन (एक जातिका व्यक्तिहरुको समूहको प्रमुख) को अनावश्यक दवाव नमानेपछि एकजना गाउँबाट विस्थापित भएको छ।प्रदेश २ को राजधानी समेत पर्ने जनकपुरधामकै ग्रामिन क्षेत्रमा जातियतासँग जोडिएको घटना बाहिरीएको छ।

माइनजनको अनावश्यक दवाव नमान्दा आफूलाई ज्यान मार्ने धम्की दिएपछि जनकपुरधाम उपमहानगरपालिका वडा-२० रुपैठा घर भएका गौरी मुखियाले जनकपुरधाममा पत्रकार सम्मेलन गर्दा उक्त घटना बाहिर आएको छ।

गौरी विगत ६ दिन देखि विस्थापित भएर जनकपुरधाममा आफ्नो आफन्तको घरमा वस्दै आएका छन्। पिडित गौरी आफ्नै वडाका सदस्य सहितको भद्र भलादमीको उपस्थितिमा शुक्रवार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर आफूवाट जातिय कोषमा विभिन्न बहानामा २० लाख रुपैया मागेको र आफूले नदिने बताएपछि विभिन्न बहानामा आफू माथि आक्रमण गर्ने थाहा पाएपछि गाउँलेको सल्लाहमा गाउँ छाडेर जनकपुरधाममा आफन्तको घरमा वस्न विवस भएको बताएका छन्।

उनले यस विषयमा आफूले जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय धनुषामा पनि जाहेरी दिएको बताए। आफूलाई जातिय प्रमुख माईजन रहेका देवशरण मुखिया, विल्टु मुखिया, विरेन्द्र मुखिया, योगेन्द्र मुखिया तथा सात्तु मुखियावाट अनावश्यक दवाव आउने गरेको बताए।

रकम नदिएको खण्डमा केही व्यक्तिलाई दैनिक रुपमा १ हजार भत्ता दिएर आफू माथि निगरानी गर्नका लागि गाउँमा रक्सि खुवाएर खटाएको बताए।  यति मात्र नभएर आफू र आफ्नो परिवारका कुनै पनि जातिका व्यक्तिलाई नबोल्नका लागि उर्दी जारी समेत गरेको छ।

कसैले बोलेको खण्डमा जरिवाना तथा सजाय गर्ने उर्दी जारी गरेको पिडित गौरीले सञ्चारकर्मीहरुलाई जानकारी दिए। जातिहरुले मिलेर आफूलाई भोज खानका लागि पनि रोक लगाउने कामकाज गरेको उनले बताए। विन्दे मुखिया, जोगिन्दर मुखिया र सत्तु मुखियाले जातिय आदेश नमान्नेलाई पक्राउँ गर्ने, कुटपीट गर्ने कामकाज गर्दै आएको पत्रकार सम्मेलनमा उनले बताए।

गौरी सामान्य पेशा तथा व्यवसाय गर्दै आएको छ तर यसमा पनि व्यवधान पुर्‍याउने कामकाज भइरहेको बताउदै आफूलाई गाउँमा वस्ने वातावरण मिलाई दिन आग्रह गरेका छन्।

यसभन्दा पहिले पनि तीन पटक यस्तै गरेर गाउँवाट धपाएको बताउदै आफूलाई न्याय दिलाई दिनका लागि आग्रह गरेका छन्। यता वडा-२० का वडा सदस्य महन्थ महतोले पनि यो काम गलत रहेको बताए। तराई मधेशमा अहिले पनि ग्रामिण क्षेत्रमा यस्ता कुरीतिहरुमा रोक लाग्न सकेको छैन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?