
जनकपुरधाम – पेट्रोल पम्म व्यवसायी मनोज साहलाई हत्या गरेको विरोधमा आज धनुषासहित प्रदेश २ का विभिन्न जिल्लामा पेट्रोल पम्प बन्द गरिएको छ ।
बुधवार बिहान साहलाई पैसाको विवादमा पंकज चौधरीले आफ्नो घरमा गोली हानी हत्या गरेका थिए ।
साहको हत्याको विरोधमा पेट्रोलीयम डिलर्स एशोसिएसनको आह्वानमा व्यवसायीहरुले आज पेट्रोल पम्प बन्द गरेका छन् ।
पेट्रोलीयम पदार्थ जस्तो अति आवश्यक पदार्थको क्षेत्रमा लगानी गर्ने व्यवसायीहरू असुरक्षित रहेको भन्दै एशोसिएसनले धनुषा लगायत महोत्तरी, सिरहा, सर्लाही, रौतहट, बारा र पर्साका व्यवसायीहरुले शनिबार तेल नबेच्ने घोषणा गरेको छ ।