डिजिटल प्रविधिबाट अध्यापनका लागि तालिम लिदै दुर्गमका शिक्षक

डिजिटल प्रविधिबाट अध्यापनका लागि तालिम लिदै दुर्गमका शिक्षक
+
-

सिमकोट-दुर्गमको एक विद्यालयमा पावर प्वाइन्टबाट अध्यापन गर्नका लागि शिक्षकहरुले तालिम लिएका छन्। विद्यालयलाई प्रबिधि मैत्री बनाउनका लागि साधन र श्रोतको ब्यबस्था हुँदा अध्यापन कार्य पनि प्रबिधिबाट गर्न शिक्षकहरु लागि परेका हुन।

बाल मन्दिर माध्यामिक विद्यालयले आगामी तिहारपछि सम्भव भएसम्मका कक्षाहरुमा पठन पाठन कार्य गर्नका लागि पहिलो चरणमा शिक्षकहरुलाई पावर प्वाइन्टबाट अध्यापन गर्न शिक्षकहरुलाई तालिम प्रदान गरिएको छ।

तालिममा बिद्यालयका १७ जना शिक्षकहरुलाई सहभागिता गराइएको र सबै शिक्षकले अब कम्तीमा पनि तिहार पछि पावर प्वाईन्टमा कक्षागत रुपमा तयारी गरेर विद्यालयमा पठन पाठन गर्नु पर्नेछ। पाँच दिने तालिममा शिक्षकहरुले नमूना तयारी कक्षा पनि प्रस्तुत गर्नु भएको थियो।

अब शिक्षकहरुले पाठक्रमका अतिरिक्त ई लाईब्रेरी र इपाठबाट पनि बिषय बस्तु तयारी गर्न सक्ने विद्यालयले जनाएको छ । यसका लागि आबश्यक सामाग्राीहरु विद्यालयमा केही भएको र केही तत्काल ब्यबस्था गरिने भएको छ।

हाल विद्यालयसंग सात थान ल्यापटप, पावर प्वाईन्ट मेशिन, ह्वाईट बोर्ड लगाएतका सामानहरु रहेका छन्। यो प्रबिधिबाट अध्यापन गर्दा शिक्षकले पनि बढी मिहेनेत गरेर तयारी गर्नु पर्ने र अध्ययन पनि गर्नु पर्ने भएको कारण शिक्षकहरु पनि सतर्क रहनु पर्नेछ।

श्रव्‍य र दृश्यलाई अध्यापनका क्रममा संगै सबै कुरा चित्रमा देखिने भएको हुँदा निक्कै उपयोगी हुने महशुस आफुले गरेको विद्यालयका शिक्षक मधु बस्नेत शाहीले बताईन । यस अघि शिक्षकबाट एकतर्फ पढाउने कार्यको पनि अन्त्य हुनुका साथै विद्यार्थीले मनोरन्जन पनि लिन पाउनेछन्।

पावर प्वाईन्टको तयारीका लागि प्रत्येक शिक्षकहरुलाई ल्यापटप आबश्यक पर्ने र त्यसको ब्यबस्था विद्यालय गर्ने जनाएको छ। कक्षा दशसम्म अध्ययन हुने उक्त विद्यालयमा ५३६ जना विद्यार्थीहरु हाल अध्ययन गरि रहेका छन्।

विद्यालयलाई आबश्यक सामाग्रीको सहयोग कर्णाली प्रदेश सरकारले उपलब्ध गराएको थियो भने श्रोत ब्यक्तिको लागि तालिमको ब्यबस्था किर्डाक हुम्लाको सहजिकरणमा गुड नेवर्स इन्टरनेस्नलको सहयोग रहेको छ। यसअघि नै विद्यालयमा ई हाजिरीको ब्यबस्था गरि सकेको सो विद्यालयले अब आफ्ना सबै कृयाक्लापहरु प्रबिधिद्धारा गर्ने जनाएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’