सिमकोट-उत्पादन भएको स्याउँले बजार नपाएपछि यो समस्या समधानका लागि पहल होला भन्ने विश्वासले हुम्लाबासीले उपराष्ट्रपति नन्द किशोर पुनलाई स्याउँको दानै उनेर माला लगाएका छन्।
उत्पादन बढी र बिक्रीको समस्याले ग्रसित हुम्लाबासीले राज्यका उच्च ओखदाको ब्यक्ति जिल्लामा आएपछि जिल्ललाई सडक सञ्जालसंग जोड्नका लागि पहल होला र आगामी दिनमा जिल्लामा उत्पादन भएका स्याउँले बजार पाउला भन्ने आशाले जिल्लामा पाल्नु भएका उपराष्ट्रपति पुनलाई सांकेतिक रुपमा स्याउँको माला लगाएर स्वायगत गर्नु भएको हो।
उत्पादन बढी हुने तर बजारको समस्याले बिक्री कम हुन थालेपछि यसको सहज निकासका लागि पहल होला भन्ने आशामा हुम्लाबासीले सांकेतिक रुपमा यसको माला लगाएर हुम्ला आउनु भएका उपराष्ट्रपति नन्द किशोर पुनलाई स्वागत गरेको सिमकोट गाउँपालिकाका उपाध्यक्ष बली रावतले बताए।
उनले भने,’खाने फलको बिक्री नै छैन।अब यति राम्रो स्याउले बजार नै नपाएपछि जिल्लामा आउने उच्च ओखदाका ब्यक्तित्वहरुले यसको मर्का बझ्नु होला भन्ने उदेश्यले दुई किलो भन्दा बढी तोल भएको स्याउँको माला लगाएर स्वागत गर्ने गरेका छौ।’
यसपाली हुम्लामा स्याउ बढी फलेपछि बजारमा यसले भाउ नपाउनुका साथै विक्रि वितरणमा समेत समस्या भएको छ। उत्पादित स्याउ कोशेली रुपमा घर लैजान कर्मचारीले किन्ने बाहेक अरु बिक्री हुने गरेको छैन्। जता हेरे नि स्याँउ मात्र देखिने गरेको छ। यसो हुनुमा मुख्य कारण भने जिल्ला सडक यातायातसंग नजोडिनु हो। यसलाई हुम्लाका लागि सहयोगका रुपमा लिने बिस्वास समेत उपाध्यक्ष रावतले लिनु भएको छ।
सिमकोट गाउँपालिकामा पर्ने मानसरोवर माध्यामिक विद्यलयमा नयाँ भबनको सिलान्यास गर्ने कार्यक्रममा पाल्नु भएका पाहुनालाई हुम्लाबासीले स्याउँको माला लगाएर स्वागत गरेको राम्रै बुझेका उपराष्ट्रपति पुनले पनि स्याउसँग कुरा नजोडिक नै हुम्लालाई सडक सञ्जालसँग जोड्नका लागि सरकारको ध्यानाकर्षण गर्ने प्रतिबद्धता जनाए।
आर्थिक रुपमा देशलाई फाईदा पुग्ने सम्भाबना बढी भएको क्षेत्र भएर पनि पुर्बाधार बिकासले पछि परेको बताउदै उहाँले यसको बिकासबाट हुम्ला, कर्णाली र सिंगै राष्ट्रको सम्बृद्धि संभब रहेको बताए।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































