काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाएका छन् । पूर्वराजा शाह भाइटीका लगाउन बहिनी शोभाको कमलादीस्थित निवास शोभा गृहमा पुगेका थिए।
टीकाको शुभ साइत ११ बजेर ५५ मिनेटमा भएपनि पूर्वराजा ज्ञानेन्द्रले बहिनी शाहीको हातबाट बिहान १० बजेर ५१ मिनेटमा भाइटीका लगाएका हुन्।
पूर्वराजाले आफ्ना ज्योतिषले दिएको साइतको समय अनुसार टीका लगाउने गरेका छन् ।