जनकपुर-जटही सडकखण्ड समयमै निर्माण नभए अनशन बस्छु-प्रचण्ड

जनकपुर-जटही सडकखण्ड समयमै निर्माण नभए अनशन बस्छु-प्रचण्ड
+
-

महोत्तरी- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समयमा जनकपुर-जटही सडकखण्ड निर्माणको काम नसकिए आफू अनशन बस्‍ने चेतावनी दिएका छन्।

नेकपाको सरकार मधेसको विकासको पक्षमा रहेको जिकिर गरेका छन्।

नेकपाले महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा छ्ठको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्‍दै उनले भने, ‘ नेकपा प्रदेश-२ को विकासको पक्षमा सदैव रहेको छ।म पनि तराई-मधेको विकासको लागि सक्रिय भएरै लागेको छु। समयमा जनकपुर-जटही सडक खण्ड निर्माणको काम सकिएन भने आफै अन्शनमा बस्छु ‘

उनले आफू पहिलो पटक प्रधानमन्त्री भएपछि फस्ट ट्र्याकको उद्‌घाटन गरेको र दोस्रो पटक प्रधानमन्त्री भएपछि जनकपुर-जटही ६ लेन सडक निर्माणको शुरुवात गरेका थिए।

उनले अहिले मधेसको विकासको लागि ठूलो अवसर रहेको र मधेसी जनता पनि विकासको पक्षमा रहेकाले सरकार भ्रष्टाचार विरोधि अभियानमा लागिरहेको दावी गरे।

उनले भने, ‘तराई मधेसप्रति रहेको मेरो लगाव कायमै छ।नेकपा नै प्रदेश २ मा विकास निर्माणको थालनी गरेको छ। त्‍यसकारण सरकार भ्रष्टाचार विरोधी रहेकव देखाउन मन छ।’

यस्तै उनले मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाईको उद्घाटन हुनु चानचुने कुरा नभएको बताए। उनले मधेसको दलालहरुको विपक्षमा जनता आउनु पर्ने र यसलाई नेकपाले साथ दिने प्रतिवद्धता समेत व्‍यक्त गरे।

उनले भने, ‘मैले मधेसको विकासकै लागि दुई-दुई पटक संविधान संसोधनको पक्षमा प्रस्ताव दर्ता गराएको छु। साथै आवश्यकता अनुसार संशोधन गर्ने उपेन्द्र यदवसँग छलफल समेत गरेको छु।’

शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित शिक्षा मन्त्री गिरिराजमनि पोखरेल, पर्यटन मन्त्री योगेश भट्टराई लगायतको उपस्थिति थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?