आगामी मंसीरदेखि जयनगर-जनकपुर-कुर्था रेल चल्छ-मन्त्री महासेठ

आगामी मंसीरदेखि जयनगर-जनकपुर-कुर्था रेल चल्छ-मन्त्री महासेठ
+
-

जनकपुरधाम- भौतिक पुर्वाधार मन्त्री रघुविर महासेठलेनिर्माणधिन अवस्थामा रहेको जयनगर-जनकपुर-कुर्था रेलमार्ग नोभेम्बरदेखि सञ्‍चालनमा आउने बताएका छन्।

बुधबार साँझ जनकपुरधामबाट प्रकाशित हुने डेली एक्सप्रेसको ब्रोडसिट पेपरको सुभारम्भ कार्यक्रममा मन्त्री महासेठले रेल निर्माणको काम सम्पन्न भैसकेको र दुईवटा आधुनिक किसिमको रेल्वे इन्जिन तथा डव्वाको निर्माणको काम सम्पन्‍न भएको दाबी गरे। उनले भने, ‘रेल्वेको ईन्जिन र डव्वाको निर्माणको काम सम्पन्न भैसकेको छ र अहिले त्यस्को पेन्टिङको काम भैरहेको छ।`

उनका अनुसार ईन्जिनको टेस्टिङको काम सकिसकेकोले आगामी नोवेम्बरमा भारत सरकारले ईन्जिन र डव्वा हस्तान्तरण गर्ने बताए।
जयनगर-जनकपुर-कुर्था रेल एसि सहित आधुनिक प्रकारको रहने मन्त्री महासेठले बताए। त्यस्तै अहिलेको सरकार प्रदेश २ लाई आफ्नो प्राथमिकतामा राखेर काम गरिरहेका बताए।

उनले भने, ´नेपालमै कुनै ठाउँमा नरहेको छ लेन सडक खण्ड प्रदेश २ कै क्षेत्रमा रहेको छ । जटही-ढल्केवर सडक खण्ड फर्निचर सहितको ४० किलोमिटर भन्दा बढी रहेको छ।` उनले यस सडक खण्डलाई भारतको मुजफरपुरसँग जोडन भारत सरकारसँग साकारत्मक कुरा भएको बताए।

नेपालको कुनै ठाउँमा नरहेको समानहरु यश प्रदेशमा हुने भएकोले जनकपुरधाम काठमाडौ पछि दोस्रो स्थापित सहर हुने मन्त्री महासेठले बताए। उनका अनुसार पहिले प्रदेश २ मा करिब ३०० किलोमीटर रज्यमार्ग रहेको अवस्थामा अब चाँडै १ हजार ५ सय १२ किलोमीटर रज्यमार्ग हुने बताए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’