ट्वीटरको कठोर निर्णय, राजनीतिक प्रचार सामग्रीमाथि प्रतिबन्ध

ट्वीटरको कठोर निर्णय, राजनीतिक प्रचार सामग्रीमाथि प्रतिबन्ध
+
-

सामाजिक सञ्जालले सबै किसिमका राजनीतिक प्रचारलाई प्रतिबन्ध लगाउने भएको छ । विश्वव्यापी रुपमै आफ्नो माध्यममा राजनीतिक प्रचार सामग्रीमाथि प्रतिबन्ध लगाउने निर्णय भएको ट्वीटरले जनाएको छ ।

ट्वीटरले राजनीतिक प्रचार सामग्रीमाथि प्रतिबन्ध लगाउने निर्णय गर्दै भनेको छ, ‘यस्ता सामग्रीको पहुँच आर्जित गर्ने विषय हो, किन्ने होइन।’

ट्वीटरका सिइओ ज्याक डोर्सीले ट्वीटमा भनेका छन्, ‘व्यवसायिक प्रयोजनका लागि इन्टरनेटका माध्यमबाट गरिने प्रचार अति शक्तिशाली र प्रभावकारी छ, तर यस्तो खालको शक्ति र प्रभावले राजनीतिमा गम्भीर चुनौति ल्याउँछ ।’

तर सामाजिक सञ्जाल फेसबुकले भने हालै राजनीतिक प्रचार सामग्रीमाथिको प्रतिबन्ध हटाएको थियो । अमेरिकामा हाल आउँदो वर्ष हुने राष्ट्रपति चुनावका लागि प्रचार अभियानको क्रम छ । ट्वीटरको निर्णयले त्यहाँको राजनीतिक अभियानलाई विभाजित गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानका व्यवस्थापक ब्राड पार्स्केलले ट्वीटरको निर्णय ट्रम्प र कन्जरभेटिभलाई चुप गर्ने प्रयास रहेको आरोप लगाएका छन् ।

तर डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवार बन्ने होडमा सबैभन्दा अघि रहेका पूर्व उपराष्ट्रपति जो बाइडेनको चुनावी अभियानका प्रवक्ता बिल रुसोले प्रजातन्त्रको रक्षाका लागि यो राम्रो निर्णय रहेको बताएका छन् ।

फेसबुकका प्रमुख मार्क जुकरबर्गले आफ्नो कम्पनीको निर्णयको बचाउ गर्दै राजनीतिक प्रतिबन्ध निजी कम्पनीले लगाउनु उपयुक्त नरहेको बताएका छन् ।

ट्वीटरले राजनीतिक प्रचार सामग्रीमाथि आउँदो नोभेम्बर २२ देखि प्रतिबन्ध लगाउने छ र यस सम्बन्धी थप विवरण नोभेम्बर १५ सम्ममा जारी गर्ने छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?