युवा क्लवहरुको लागि छठ पर्व पनि बन्यो कमाउने भाँडो

युवा क्लवहरुको लागि छठ पर्व पनि बन्यो कमाउने भाँडो
+
-

जनकपुरधाम– छठ पर्वलाई जनकपुरधामका युवा क्लवहरुले पैसा कमाउने भाँडो बनेको छ। छठ पर्वमा छठको घाटमा गरिएको सरसजावटको वापत यहाँका युवा क्लवहरुले लाखौँ रुपैया असुली गरिरहेको पाइएको छ ।

छठ पर्व मिथिलावासीका लागि आस्थाको पर्व हो। यो पर्व यस क्षेत्रको सबैभन्दा ठूलो पर्वको रुपमा रहेकोले यसको बेग्लै प्रकारको रौनक जनकपुरधाममा हुन्छ। छठ पर्वमा जनकपुरधाममा मात्र लाखौँको संख्यामा प्रत्येक वर्ष श्रद्धालुहरुको सहभागिता हुन्छ।

जनकपुरधाममा रहेको दर्जनौ पोखरीहरुको व्यवस्थापन दर्जनौ युवा क्लवहरु गर्ने गर्छन् । तर ती युवा क्लवहरुले मनोमानी ढंगले घाटका लागि रकम उठाउने गरेको पाइएको छ।

जनकपुरधामको प्रसिद्ध पोखरी गंगासागरमा मात्र ३ हजारभन्दा बढी घाट हुन्छ । सो पोखरीमा गंगासागर छठ पूजा व्यवस्थापन समिति, बजरंग युवा क्लव, जनक युवा क्लवहरुको सहभागिता रहेको छ । गंगासागर छठ पूजा व्यवस्थापन समितिले प्रति घाट ५ सय १ रुपैयाँ उठाउँदै आई रहेको गंगासागर छठ पूजा व्यवस्थापन समितिका सदस्य रामचन्द्र पंजियारले जानकारी दिए । यो समितिले पछिल्लो पटक ४ सय ५० रुपैयाका दरले रकम उठाएको थियो ।

त्यस्तै गंगासागर पोखरीको छठ व्यवस्थापन गर्ने अर्को क्लव जनक युवा क्लवले श्रद्धालुहरु स्वेच्छाले दिने शुल्क मात्रै उठाउने गरेको क्लवका अध्यक्ष मनोज कुमार रायले बताए ।

त्यस्तै अरगज्जा सर पोखरीमा ११ सय घाट रहेको छ भने धनुष सागर पोखरीमा २ हजारभन्दा बढी घाट रहेको छ । धनुष सागर पोखरीको छठ पूजाको व्यवस्थापन गणेश युवा कमिटी, श्रीराम युवा कमिटीले गर्दै आएको छ ।

गणेश युवा कमिटीले घाटका लागि उठाउने शुल्कको सम्बन्धमा कमिटीका अध्यक्ष सुनिल लाल दास जानकारी दिन चाहेनन् । यद्यपि श्रद्धालुहरुका अनुसार प्रति घाट गणेश युवा कमिटीले प्रति घाट २ सय ५१ रुपैयाँ शुल्क उठाउँदै आएको छ ।

छठ पर्वको व्यवस्थापनमा तिनीहरुले पण्डाल, लाइट तथा साउण्डमा मात्र खर्च गर्छन तर छठको घाटबाट उठने शुल्कबाट हुने आम्दानीलाई युवा क्लवहरुले के गर्छन् भन्ने त्यसको जानकारी दिएनन् ।

यता सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष तथा प्रदेश सांसद एवं नेपाल पत्रकार महासंघ धनुषाका पूर्व अध्यक्ष रामअशिष यादव छठ पूजाको व्यवस्थापन गर्ने युवा क्लवहरुले छठको वापट ठुलो रकम उठाएपनि छठ पछि पोखरीहरु फोहोर भएपछि त्यसको सफाईमा ध्यान नदिने गरेको आरोप लगाए ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’