जनकपुरमा छठको भव्य तयारी (फोटो फिचर)

जनकपुरमा छठको भव्य तयारी (फोटो फिचर)
+
-

जनकपुरधाम– छठ पर्वको दोस्रो दिन शुक्रबार खरना मनाइएको छ। चार दिनसम्म मनाइने छठ पर्वको दोस्रो दिन शुक्रबार व्रतालुहरुले दिनभरि उपवास बसेर राति सख्खर र चामलबाट बनेको खिर देवतालाई चढाएर खरना मनाएका हुन्। त्यस्तै छठ पर्वको मूल दिन भोलि अर्थात शनिबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइन्छ भने आईतबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर छठ पर्वलाई विधिवत रुपमा समापन गरिन्छ।

सबै तयारी पूरा

छठ पर्वको लागि जनकपुरधाममा दुई हप्ता पहिला देखि नै छठको तयारीमा जुटेपछि अहिले तयारीको काम पूरा भएको छ। अहिले जनकपुरधामको पोखरीहरुलाई सजाएपछि घाटहरु आकर्षक बनेका छन्।

जनकपुरधामको छठ नेपालमै सबैभन्दा प्रसिद्ध रहेकोले यहाँको सजावटमा विशेष ध्यान दिइन्छ। यहाँ छठको दिन आन्तरिक पर्यटक सहित बाह्य पर्यटकहरु समेत आउने गरेका छन् । छठको एक दिन अगाडि शुक्रबार जनकपुरधामको सरोवरहरुमा आर्कषक किसिमको पण्डाल तथा लाइट लगाएर सिँगारिएको छ ।

जनकपुरधामको गंगासागर, अरगजासर, दशरथ तलाउ, रत्नसागर, गोरधोवा पोखरी, नोचा पोखरी, गोसाई कुण्ड लगायत यहाँ रहेका धेरै पोखरीहरुलाई सजाइएको छ । यस्तै ग्रामीण क्षेत्रमा समेत छठको तयारी गरिएको छ ।

छठ पर्वको उपलक्ष्यमा संघ सरकारले एक दिनको मात्र विदा दिँदै आएकामा प्रदेश सरकारले आफ्नो क्यालेन्डरमा छठको उपलक्ष्यमा दुई दिनको सार्वजनिक विदा दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?