पोर्चुगलमा विश्‍व वेब सम्मेलन २०१९ सुरु, १६३ देशका ७० हजार प्रतिनिधि सहभागी

+
-

लिसबन-विश्वका १६३ देशका करिब ७० हजार प्रतिनिधि सहभागी हुने वेब सम्मेलन–२०१९ पोर्चुगलको राजधानी लिसबनमा मङ्गलबारदेखि सुरू भएको छ ।

सम्मेलनलाई उद्घाटन गर्दै पोर्चुगलका अर्थतन्त्र व्यवस्था तथा डिजिटल ट्रान्जिसन मन्त्री पेद्रो सिजा भियराले भने, ‘यदि आजका दिनबाट १० वर्ष पहिलेलाई नियाल्ने हो भने आगामी दिनमा परिवर्तनको गति यो भन्दा अझै तीब्र हुने हामी विश्वस्त हुनुपर्ने एकमात्र आधार हुनेछ।”

आगामी बर्षहरूमा पाँचौँ पुस्ताको (फाइभ–जी) प्रबिधिले विश्व मानव जगतमा मुलभूत परिवर्तन ल्याउने कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै चीनको प्रसिद्ध प्रबिधि कम्पनी हुवावेका अध्यक्ष कुओ पिङले बताए।

कुओले भने, “हुवावेले ‘स्मार्ट डिभाइस इकोसिस्टम’ ( वन प्लस ऐट प्लस एन) ल्याउने र यो योजनाले एआईमा आधारित ट्रयाकिङ प्रबिधि (ट्रयाक एआई) ले बालबालिकामा देखिने अन्धोपनका प्रारम्भिक सङ्केतहरूलाई पहिचान गर्ने लक्ष्य रहेको छ।”

हुवावेको रणनीति मोबाइल यन्त्रलाई क्लाउड (हुवावे मोबाइल प्रणाली) र एआई मोडेल आटर्स प्रणाली गरी दुई वर्गमा विभाजित गरी सेवा प्रदान गरिने उनले बताए।

चार दिन लामो सम्मेलनमा करिब एक हजार २०० वक्ताले समूहगत आधारमा आफ्ना धारणा राख्नेछन्।

आयरल्याण्डबाट सन् २००९ मा सुरू गरिएको वेब सम्मेलन विश्वकै सवैभन्दा ठूलो प्रविधि, आविष्कार र उद्यमी कार्यक्रम रहेको मानिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?