
काठमाडौँ – भारतले जारी गरेको आफ्नो नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेकसहितका क्षेत्र पनि समावेश गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ ।
भारतले गएको आइतबार जारी गरेको नयाँ नक्सामा विवादास्पद कालापानीसहितको क्षेत्र नक्सामा पारेको हो । त्यसको विरोधमा प्रदर्शन देशका विभिन्न क्षेत्रमा भइरहेको छ ।
नेपाली कांग्रेस नजिकको नेपाल विद्यार्थी संगठन (नेविसंघ) ले काठमाडौँ स्थित भारतीय दूतावास नजिकै प्रर्दशन गरेको छ । उनीहरुले ‘ब्याक अफ इन्डिया’, ‘कालापानी हाम्रो हो’ सहित नारा लेखिएका प्लेकाड बोकेका थिए ।