उपनिर्वाचन जनमत संग्रह जस्तैः कांग्रेस नेता निधि

उपनिर्वाचन जनमत संग्रह जस्तैः कांग्रेस नेता निधि
+
-

पोखरा– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचन जनमतसङ्ग्रह जस्तै भएको बताएका छन्।

कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि पार्टीका तर्फबाट खेमराज पौडेलको उम्मेदवारी दर्तापछि बिहीबार आयोजित घोषणासभामा उनले वर्तमान सरकारका लोकतन्त्र विरोधी कदम, महँगी, भष्टाचार आदिका विरुद्धमा निर्वाचनमा जनताले अभिमत दिने बताए।

सरकारलाई खबरदारी गर्नका लागि पनि यस उपनिर्वाचनमा जनताले कांग्रेसलाई साथ दिने बताउँदै उनले पार्टीका तर्फबाट पनि लामो समयको त्याग र योगदान गरेका नेतालाई उम्मेदवार सिफारिस गरिएको बताए।

कास्की नं २ मा पौडेलको उम्मेदवारीसँगै पार्टीभित्र अन्तरद्वन्द्व, घात अन्तरघातको अध्याय समाप्त भएको बताउँदै आगामी दिनमा पार्टीमा योगदान गर्नेको सही मूल्याङ्कन हुन्छ भन्ने कुरालाई थप प्रष्ट्याएको बताए।

कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार खेमराज पौडेलले यो निर्वाचन सरकारलाई सही बाटोमा हिँडाउनका लागि भएको उल्लेख गर्दै सम्पूर्ण पार्टी पङ्क्ति एकाकार हुने बताए।

देशमा लोकतन्त्रको स्थापना र समाजको रुपान्तरणका लागि आफू लामो समयदेखि क्रियाशील हुँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा अझै जनताको मनोभावनालाई आत्मसात् गर्दै अघि बढ्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?