अग्ला पाटनका चौरी हिमालपारीको गाउँ लिमीमा

अग्ला पाटनका चौरी हिमालपारीको गाउँ लिमीमा
+
-

सिमकोट – चार हजार आठसय मिटर अग्ला पाटनबाट चौरी गाईहरु हिमालपारीको गाउँ लिमीमा आई पुगेका छन् । अग्ला पाटनमा लगिएका चौरी गाईलाई पाटनमा चिसो बढेपछि तीन हजार पाँच मिटर अग्लो गाउँ लिमीमा ल्याइएका हुन् ।

लाप्चा लेकमा गत जेठमा लगिएका चौरी गाईलाई चिसो बढेपछि गाउँमा सारिएको हल्जी गाउँ झारिएका छन् । गत जेठमा दुई सय भन्दा बढी चौरी गाई तथा तीन सय भन्दा बढी झोपा र जुमा लगिएको थियो । त्यो सँगै पचास वटा बाच्छाहरु पनि गाउँमा आईपुगेका छन् । पाँच महिनासम्म चौरी खर्कैमा बसेका हेरालुहरु पनि गाउँमा आई पुगेका छन् ।

अग्ला हिमालमा हिउँ पर्न सुरु भएपछि चिसो बढ्दा गाउँमा ल्याएर पालन गर्नु पर्ने हुँदा ल्याइएको स्थानी छिरिङले बताए । चौरी गाईका बथानहरु गाउँमा आई पुगेपछि अर्कै किसिमको रमाईलो हुने गरेको छ । लिमीका तीन वटै गाउँ तील, हल्जी र जाङका चौरी गाईहरु गाउँ पुगेका छन् ।

त्यति मात्र होइन चौरी श्रोत केन्द्रका साठी वटा चौरी गाई पनि तुम्लिङमा ल्याईएको छ । करिब पाँच महिना लाप्चा लेकको पाटनमा राखिएका चौरी गाईलाई लिमी गाउँमा अब आगामी बैशाख महिनासम्म राखिनेछ । अहिले चौरी मात्र होइन घ्यु, छुर्पी, चिज पनि ल्याइएको छ । अब घ्यु र छुर्पी सिमकोटसम्म बिक्रीका लागि ल्याईने लिमीका स्थानीय तेण्डाप तामाङको भनाई छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’