दृष्टिदोषको समस्यालाई न्यूनिकरण गर्न सरकार तयार-स्वास्थ्य राज्यमन्त्री यादव

दृष्टिदोषको समस्यालाई न्यूनिकरण गर्न सरकार तयार-स्वास्थ्य राज्यमन्त्री यादव
+
-

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादवले आँखा क्षेत्रको विस्तारको लागि सरकार दृष्टिदोषको समस्यालाई न्यूनीकरण गरी गुणस्तरीय जीवनलाई माथि उठाउन सक्दो सहयोग गर्ने बताएका छन्।

नेपाल नेत्रज्योति संघ केन्द्रिय सभाको २६औँ अधिवेशनमा बोल्‍दै उनले भने, ‘यो अरु संघ संस्थाजस्तो नभइ आफ्नो छुट्टै पहिचान भएको र सरकारको सबै दायित्व यसले पूरा गरेको छ। सरकारले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्‍यक्त गर्दछ।’

उनले दृष्टिबिहिनका लागि अस्पतालले अतुलनीय काम गरेको भन्‍दै नेपाल आँखा उपचारमा विश्‍वमै अग्रणि रहेकोमा खुसी व्‍यक्त गरे।

यस्तै नेपाल एकेडेमी अफ मेडिकल साइन्सका उपकुलपति प्रा.डा. डीएन शाहले नेपालमा अन्धोपन निवारणका लागि हामी सबैले मिलेर काम गर्नु पर्नेमा जोड दिए।

यस्तै कार्यक्रममा संस्थाका केन्द्रीय अध्‍यक्ष डा.तीर्थप्रसाद मिश्रले स्थापनाकाल देखिनै संघले अन्धोपन निवारणमा महत्वपूर्ण काम गर्दै आएको दाबी गरे। उनले भने, ‘आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जलाई सन् २०२४ (वि.सं. २०८१) सम्ममा आत्मनिर्भर बनाउनु नै यस संस्थाको मुख्य लक्ष्य हो।’

देशमा अन्धोपन, दृष्टिदोष र आँखाको समस्‍याको समाधानमा नेपाल नेत्र ज्‍योति संघ सदैव लागि पर्ने उनको भनाई थियो।

७ जना सल्लाहकार अहित २६५ आजिवन सदस्य रहेको संस्थामा सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष, सहसचिव, सह कोषध्यक्ष लगायत अन्य १३ जना सदस्य रहेका छन्।

कार्यक्रममा गेटा आँखा अस्पताल धनगढीका नेत्र विशेषज्ञ डा. सुरेशराज पन्तलाई ५० हजार रुपैँयासहित प्रमाणपत्र र अन्य दुई जना डाक्टरलाई पनि सम्मान गरिएको थियो।

काठमाडौस्थित कालिकास्थानमा शुक्रबारबाट सुरु भएको नेपाल नेत्रज्योति संघको अधिवेशन शनिबारसम्‍म चल्‍नेछ भने संघको नयाँ नेतृत्व चयन समेत हुनेछ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’