उपनिर्वाचनका लागि हुम्लामा अझै उम्मेदवार छनोट भएनन्

उपनिर्वाचनका लागि हुम्लामा अझै उम्मेदवार छनोट भएनन्
+
-

सिमकोट– आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि हुम्लाका राजनीति दलहरुले अझै उम्मेदवार छनोट गर्न सकेका छैनन्। खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि हुने उपचुनावका लागि हालसम्म हुम्लामा समाजवादी पार्टीले मात्र आफ्नो उम्मेदवार छनौट गरेको छ।

समादवादी पार्टीले लिला रावललाई आफ्नो उम्मेदवार बनाएकाे छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको भए पनि अन्य दलहरुले आफ्ना उम्मेदवारहरु छनौट गर्न सकेका छैनन्।

कांग्रेसले उम्मेदवार छनौटका लागि भर्खर मात्र छलफल चलाएको छ भने नेकपाले पाँच जनाको नाम गाउँपालिका हुँदै जिल्ला कमिटीबाट सिफारिस गरेको छ। उम्मेदवारका आकांक्षी बढी हुँदा विवाद बढेपछि जिल्ला कमिटीले पाँच जनाको नाम सिफारिस गरेको हो।

नेकपाबाट सिफारिस भएका पाँच जनामा रुपा शाही , प्रकाश शाही, पूर्णबहादुर रोकाया, प्रेम बुढा र महान्त्या छत्याल रहेका छन्। नेकपाले केही दिन भित्र उनीहरुमध्येबाट उम्मेदवारको टुंगो लगाउने जनाएको छ। पाँच जनामध्ये रुपा शाही र प्रकाश शाहीको सम्भावना बढी रहेको नेकपा श्रोतको दाबी छ।

त्यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले पनि तीन जनाको नाम सिफारिस गरेको छ। उक्त पार्टीले रामा शाही, पुन्नबहादुर बुढा र धुन्जोक शाहीको नाम सिफारिस गरेको हो।

यसअघिको निर्वाचनमा खार्पुनाथ गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित अधिकांश पदमा जित हात पारेको नेपाली कांग्रेसले उम्मेदवार छनौटको अन्तिम तयारी गरिरहेको छ। आगामी कात्तिक २६ गतेसम्म उम्मेदवारको टुंगो लगाउने कांग्रेस जिल्ला सभापति जयपति रोकायाले बताए।

ठूलो पार्टीमा आकांक्षी बढी हुनु स्वभाविक भएको र पार्टीले सर्वसम्मत रुपमा निर्णय लिने रोकायाले बताए। कांग्रेसमा तारा शाही, धिरबहादुर शाही र जयबहादुर शाही उम्मेदवारका आकांक्षी रहे पनि उनीहरु कसैलाई पनि हालसम्म पार्टीले उम्मेदवारमा सिफारिस गरेको छैन। उनीहरुबाहेक अरुलाई पनि उम्मेदवार छनौट गर्ने सक्ने कांग्रेस श्रोतले बतायो।

मंसीर १४ गतेको उपनिर्वाचनका लागि कार्त्तिक २७ मा मनोनयनको मिति तय भएको छ भने मंसीर १ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ।

गत जेठ ३ गते कर्णाली नदीमा भएको जिप दुर्घटनामा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्दु हमाल शाहीको निधन भएको थियो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’