डा. केसीका मागबारे मलाई थाहा छैनः देउवा

डा. केसीका मागबारे मलाई थाहा छैनः देउवा
+
-

धनगढी– नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले डाक्टर गोविन्द केसीका मागका बारेमा आफूलाई जानकारी नभएको बताएका छन्।

शुक्रबार कञ्चनपुरमा हुने नेपाल शिक्षक संघको प्रदेश भेला उद्घाटन गर्न बिहीबार धनगढी आएका सभापति देउवाले धनगढी विमानस्थलमा पत्रकारसंग कुरा गर्दै अनसन तोडेकोमा डाक्टर केसीलाई धन्यवाद दिए।

उनले भने, ‘अनसन तोडेकोमा डाक्टर केसीलाई धन्यवाद छ तर उनका मागका बारेमा भने मलाई थाहा छैन।’ डाक्टर गोविन्द केसी डडेल्धुरामा ९ दिन अनसन बसी अनसन स्थगित गरेर आज मात्र काठमाडौं फर्किएका छन्।

पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले लिपुलेकका सम्बन्धमा देखिएको विवादको समाधान कुटनैतिक तवरबाट खोजिनु पर्ने बताए। उनले भने, ‘सडकमा नाराजुलुस गरेर समस्याको समाधान हुँदैन, सरकारले कुटनितिक पहल गर्नुपर्छ।’

सभापति देउवाले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा कांग्रेसको कुनै दलसँग तालमेल नरहने स्पष्ट पारे। उनले भने, ‘उपनिर्वाचनमा सबै कांग्रेस एकजुट भएर लाग्नुहोस्।’ सभापति देउवाले नेविसंघको नेतृत्व चयन पनि चाँडै हुने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?