बाजुरामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

बाजुरामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध
+
-

जिल्लाको बडिमालिका–५ मनामा रहेको नेपाल टेलिफोन टावरको सेवा एक सातादेखि अवरुद्ध बनेको छ।

नेपाल टेलिकमको टावर एक सातादेखि बिगिँ्रदा टेलिफोन सेवा अवरुद्ध भएपछि सेवाग्राही मर्कामा परेका छन्।

यसअघि नियमित सञ्चालनमा रहेको टावर एकाएक बन्द भएपछि फोन सम्पर्कविहीन हुनु परेको स्थानीय कर्णबहादुर दानीले बताए। सञ्चारविहीन भएपछि स्थानीयलाई समस्या भएको छ।

उता स्थानीयले सेवा सञ्चालनका लागि नेपाल टेलिकम शाखा बाजुरासँग माग गरेको छ।

सञ्चार सुविधा नहुँदा विभिन्न घटना दुर्घटना आपत्विपतमा समस्या हुने गरेको भन्दै स्थानीयले बडिमालिका नगरपालिकाप्रति आक्रोस पोखेका छन्।

यता, बडिमालिका नगरपालिका-५ का वडाध्यक्ष बलबहादुर थापाले भने यसअघि रिपिटर टावरमा स्थानीय मना गाड लघुजलविद्युत्बाट सिङ्गलफेजको बिजुली लाइन जडान भएकाले त्यसले लघु जलविद्युत्को टर्वाइनमा केही समस्या आएका कारण हामीले हटाएको र तत्काल टेलिकमसँग थ्रिफेज लाइन जडान गर्न अनुरोध गरिसकेकाले तत्काल समस्या समाधान गर्ने पहल भइरहेको जानकारी दिए।

जनताले सहजरुपमा सञ्चार सेवा प्राप्त गर्न पाउने अधिकारलाई हनन गर्दै टेलिकम शाखा मुकदर्शक बनेको स्थानीयको आरोप रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?