
काठमाडौं-बोता फुड एण्ड रेष्टुरेन्टले आफ्नो ब्राण्ड एम्बेसडरमा नायिका प्रियंका कार्कीलाई एक वर्षको लागि नियुक्त गरेको छ।
शुक्रबार बोताको कार्यालयमा आयोजित कार्यक्रममा बोताका सिइओ निभेन अमात्य र नायिका प्रियंका कार्कीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
नायिका प्रियंकाले एक वर्षसम्म विभिन्न प्रचार प्रसार तथा ब्राण्डिङका लागि सहकार्य गर्ने बोताका सिइओ निभेन अमात्यले बताए।
उनले भने, ‘बोता आज उपभोक्ताको रोजाइमा परेकाले हामी सधैं आफ्नो गुणस्तर कायमै राख्नेछौ’
यस्तै नायिका प्रियंका कार्कीले बोता स्वस्थ परिकार भएकाले आफूले यसलाई रोजेको बताइन्। उनले भनिन्,’मैले बोताको म:म: खाइसके। बोताको उत्पादन निक्कै हाइजेनिक भएकाले खान आग्रह गर्दछु।’