माेहन वैद्य‌काे आराेप

‘सेना सीमा सुरक्षाकाे लागि हो,ठेक्का–पट्टाकाे लागि होइन’

‘सेना सीमा सुरक्षाकाे लागि हो,ठेक्का–पट्टाकाे लागि होइन’
+
-

जनकपुरधाम– नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले उल्टो बुद्धि भएकै कारण सरकारले देशको राष्ट्रियता संरक्षण गर्न असफल भएको आरोप लगाएका छन्।

सेनाको काम सीमामा रहेतापनि सरकारले सेनालाई सडकलगायतका भैतिक निर्माणमा खटाएकोप्रति उनले असन्तुष्टी व्यक्त गरे। उनले भने, ‘सेना सीमा सुरक्षाको लागि हो ठेक्का–पट्टाको लागि होइन।’

उनले सेनालाई विभिन्न सीमाको चेकपोष्टमा खटाउनुको साटो अहिलेको सरकारले जनतामाथि दमन गर्नको लागि सेना प्रयोग गर्ने गरेको आरोप लगाए।

शुक्रबार जनकपुरधाममा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को प्रदेश दुईको प्रथम सम्मेलनको उदघाटन गर्दै महासचिव वैद्यले प्रतिक्रियावादी शक्तिहरुको नेतृत्वमा वर्तमान सरकार रहेकोले राष्ट्रियता संरक्षण गर्ने सवालमा गम्भीर नरहेको बताए।

भारतले पहिले नै जग्गा अतिक्रमण गरेको र अहिले नक्सा मात्र सार्वजनिक गरेको बताए। भारतले नेपाली सीमा मिचिरहँदा नेपाल सरकार चुप लागेर बस्नुले प्रतिक्रियावादी शक्तिहरुको सरकारको असली चरित्र देखिएको आराेप छ।

यस्तै हरेक आन्दोलनमा मधेशी जनताहरुको महत्वपूर्ण योगदान रहेको भन्दै वैद्यले शासकहरु मधेशी जनताको नियतमाथि सधैँ शंका गर्दै आएको आरोप लगाउँदै मधेशी जनता पटक–पटक नेपाली सीमाको सुरक्षाका लागि लड्ने गरेको बताए।

१० वर्षे जनयुद्ध आफूहरुले अहिले आएको व्यवस्थाका लागि नगरेको भन्दै संघीय जनगणतन्त्रात्मक संविधान नआएसम्म संघर्ष जारी राख्ने वैद्यले चेतावनी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?