गण्डकी प्रदेश र वासिङ्गटन राज्यबीच भगिनी सम्बन्ध कायम गर्ने प्रयास सकारात्मकः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेश र वासिङ्गटन राज्यबीच भगिनी सम्बन्ध कायम गर्ने प्रयास सकारात्मकः मुख्यमन्त्री गुरुङ
+
-

काठमाडौँ – नेपालको गण्डकी प्रदेश र अमेरिकाको वासिङ्गटन राज्यबिच भगिनी सम्बन्ध स्थापित गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको छ । अमेरिकाको भ्रमण गरेका गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गका अनुसार वासिङ्गटन राज्यसँग गण्डकी प्रदेशको भौगोगिक अवस्थामा धेरै समानता रहेको छ।

त्यसैले विकास र सम्वृद्धिका लागि सहकार्य गर्ने उद्देश्यले भगिनी राज्यको सम्बन्ध कायम गर्ने प्रस्ताव गरेको र त्यसमा वासिङ्गटनका गभर्नर जे इन्जली सकारात्मक रहेको बताए । गण्डकीका मुख्यमन्त्री गुरुङसहितको टोली वासिङ्गटनका गभर्नर इन्जलीको निम्तोमा अमेरिका गएका हुन् । मुख्यमन्त्री गुरुङ र वासिङ्गटनका गभर्नर इन्जलीबिच सियाटलमा भेटवार्ता भएको हो ।

भेटको क्रममा आफूहरुबिच दुई राज्यबिच सहकार्य स्थापित गर्ने विषयमा छलफल भएको मुख्यमन्त्री गुरुङले जानकारी दिए । आफूहरुले वासिङ्गटनका विभिन्न क्षेत्रको अवलोकन गरेको मुख्यमन्त्री गुरुङले बताए ।

वासिङ्गटनमा पनि गण्डकी प्रदेशमा जस्तै तालहरु रहेको र नेपालको जस्तै वासिङ्गटन राज्यको आधिकारिक फूल लालिगुराँस रहेको बताएका छन् । आफूले वासिङ्गटनका गभर्नर इन्जलीलाई गण्डकी प्रदेश भ्रमणको निम्तो दिएको र इन्जलीले चाँडै आउने प्रतिबद्धता जनाएको मुख्यमन्त्री गुरुङले जानकारी दिए ।

भ्रमणको क्रममा आफूहरुले वासिङ्गटन राज्यका विभिन्न काउन्टी तथा समग्र राज्यमै कानूनी अपराध न्यूनिकरण तथा दण्डहिनता अन्त्य गर्ने सम्बन्धमा भइरहेका प्रयासहरुबारे अध्ययन गरेको मुख्यमन्त्री गुरुङले बताए । यस्तै त्यहाँको प्रहरीको कार्यशैली र अपराध अनुसन्धानको प्रक्रियाबारे पनि जानकारी लिएको र त्यसले आफ्नो प्रदेशमा कानून कार्यान्वयनका लागि सहयोग पुग्ने उनले बताए ।

यस्तै अमेरिका भ्रमणको क्रममा युएस–नेपाल मेडिकल फाउन्डेसनका पदाधिकारीसँग पनि कुराकानी गरेको बताए । मेडिकल शिक्षाका सम्बन्धमा भएको कुराकानी सकारात्मक रहेको मुख्यमन्त्री गुरुङले जानकारी दिए ।

गण्डकी प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालय स्थापनाका लागि छलफल सकारात्मक भएको र अक्सिजन प्लान्ट निर्माणका बारेमा पनि कुराकानी भएको उनले जानकारी दिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?