
हुम्ला – सिमकोट विमानस्थलको रन वे र एप्रोनको बिचमा फोहोर पानी जमेर पोखरीमा परिणत भएको छ । सिमकोट गाउँपालिका वडा नम्बर ६ को तीनधाराबाट आउने फोहोर पानी जमेपछि डम्पिङ साईटमा परिणत हुँदा सिमकोट विमानस्थलमा जोखिम बढेको हो ।
विमानस्थलको निक्कै महत्वपूर्ण भाग मानिने रन वे बाट जहाजहरु पाकिङ्ग स्थलमा जाने १५ देखि २० मिटर क्षेत्रको खाल्डोमा फोहोर पानी जमेर अरु फोहोर पनि जम्मा भएको छ ।
फोहोर पानीलाई विमानस्थलको गेटबाट फाइपद्धारा पार्किङ्ग स्थलसम्म लिएर उक्त क्षेत्रबाट कुलोबाट पानी बग्ने गर्छ । तीसदेखि चालीस मिटर लम्बाईको कुलो खुल्ला रहेको छ । त्यसलाई छोपिएको छैन ।
कहिले काही जामको बेला त त्यही कुलोको छेउबाटै जहाजहरु पार्किङ्ग स्थलमा छिर्ने गर्छन् । रनवेबाट पार्किङ स्थलमा जहाजहरुलाई प्रवेशका लागि दश मिटर लामो र्याम बनाइको छ । तिनै र्याममुनिबाट फोहोर जमेपछि पोखरी बनेको छ ।