बेलायतको कम्प्युटर पाठ्यक्रम ‘डिजी प्रोग्राम’ अब नेपालमा

बेलायतको कम्प्युटर पाठ्यक्रम ‘डिजी प्रोग्राम’ अब नेपालमा
+
-

काठमाडौं-सफ्ट्वेरिका कलेज अफ आइटी एण्ड इ-कमर्सले बेलायतको ‘डिजी प्रोग्राम’ नेपालमा भित्र्याएको छ। बेलायत सरकार मातहत दर्ता भइ विद्यालय र उच्च शिक्षा सम्बन्धि पाठ्यक्रम निर्माण गर्ने एनसीसी एजुकेशनले तयार गरेको डिजी प्रोग्रामलाई नेपालमा ‘डिजी स्कुल’ नाम दिइएको छ।

कक्षा १ देखि ११ सम्मका विद्यार्थीका लागि तयार गरिएको कम्प्युटर शिक्षाको पाठ्यक्रम ‘डिजी स्कुल’सुरु भएको हो। ‘डिजी स्कुल’ को औपचारिक उद्घाटन गर्न नेपाल आइपुगेका एनसिसि एजुकेशन बेलायतका चिफ अपरेटिङ अफिसर एलन नोर्टनले ‘डिजी प्रोग्राम’ बेलायत, सिङगापुर, पाकिस्तान, भारत लगायत देशहरुमा लोकप्रिय रहेको बताए। यो कोर्ष पढ्ने विद्यार्थीले एनसिसि एजुकेशन बेलायतबाटै प्रमाणपत्र पाउने नोर्टनले जानकारी दिए।

‘डिजी स्कुल’ सञ्चालन गर्न चाहने कुनै पनि स्कुलले सफ्ट्वेरिका कलेजसँग सम्पर्क गरी अध्यापन सुरु गर्न सक्छन्। एसईई सकेर कम्प्युटर सिक्न जाने प्रचलन रहेको हाम्रो परिवेशमा ‘डिजी स्कुल’ पढ्ने विद्यार्थीले स्कुले समयमै जाभा, पाइथन, सिउडो कोड, स्क्रयाच, डाटा साइन्स, साइबर सेक्युरिटी, फोटो भिडियो सम्पादन, कम्प्युटर हार्डवेयर मर्मत लगायत विषय सिक्ने छ्न्।

यसकासाथै आफै सफ्ट्वेर निर्माण गर्ने दक्षता राख्‍न सक्‍ने  सफ्ट्वेरिकाकी डिजी स्कुल, प्रोग्राम अफिसर सम्झना बडालले बताइन्। यो अध्यापन अनलाइन र अफलाइन दुबै प्रणालीबाट गर्न सकिने छ।

कम्प्युटर सिस्टममा हरेक विद्यार्थीको आआफ्नै लग इन हुने भएकाले उनीहरुको प्रगति विवरण शिक्षकले चाहेको बेला सजिलै हेर्न सक्छ्न्।

नेपालमा प्राबिधिक शिक्षाको विकासका गर्न यस सफ्ट्वेरिका कलेज अफ आइटी एण्ड इ-कमर्सले सन् २०१० देखि एनसीसी एजुकेशन बेलायतसँग विभिन्‍न प्राविधिक शिक्षामा सहकार्य गर्दै आइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?