सिमकोटका सात विद्यालयमा स्वचालित सेनिटरी प्याड उपलब्ध गराउने मेशिन जडान

सिमकोटका सात विद्यालयमा स्वचालित सेनिटरी प्याड उपलब्ध गराउने मेशिन जडान
+
-

सिमकोट-सिमकोट गाउँपालिकाले आफ्नो क्षेत्र भित्रका सात वटा माध्यामिक विद्यालयहरुमा एकसाथ स्वचालित सेनिटरी प्याड उपलब्ध गराउने मेशिन जडान गरी सेवा सुरु भएको छ।

छात्राहरुको महिनावारी भएको बेला उपस्निथति दरमा बृद्धि गर्न र स्त्री स्वास्थ्यमा समेत सुरक्षा प्रदान गर्नका लागि सो सेवा गाउँपालिकाले प्रदान गरेको हो।

पालिकाका सात वटा माविहरु मध्य रलिङ, मानसरोवर, बालमन्दिर कैलाश माबिमा स्वचालित सेनिटरी प्याड उपलब्ध गराउने मेशिन जडान गरि सेवा प्रदान सुरु गरिएको छ भने बाँकी रामदेश, कर्णाली र सैपाल माविमा एक दुई दिनमा सो सेवा जडान गर्न र छात्राहरुलाई सिकाउन स्वास्थ्यकर्मीको टोली जाने सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख धुर्बराज सिंहले बताए।

यो हुम्ला जिल्लामा पहिलो पटक भित्रिएको प्रबिधि हो । यसलाई इन्टलेसन गर्न काठमाडौंबाट प्राबिधिकहरु आएर जडान गरि रहेका छन्। पालिकाले कक्षा आठ देखि १२ सम्मका छात्राहरु महिनावारी भएको बेला उपस्थिती कम हुन थालेपछि यसलाई रोक्न नयाँ तरिका अपनाइएको उनले बताए छ।

स्वचालित सेनिटरी प्याड उपलब्ध गराउने मेशिनमा एक लटमा तीन सय प्याड राख्‍न सकिने र त्यसमा एटिएम कार्ड राखे पछि प्याड आउने हुँदा महिनावारी भएका छात्राहरुले आफुलाई आबश्यक परेको बेला प्रयोग गर्न सक्ने छन्।

प्याड सकिएमा पछि पनि नेपाल सरकारको कार्यक्रम भएको हुँदा त्यसमा पनि समस्या आउने छैन। यसका लागि सुरक्षित कोठाको पनि विद्यालयहरुले ब्यबस्था गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताए।

प्याडको प्रयोग गरि सके पछि त्यसलाई जलाउने मेशिन पनि सोही कोठामा रोखिएको छ। यसले छात्राहरुको महिनावारी स्वास्थ्यमा सुधार ल्याउन आशा पालिकाले लिएको छ।

यसमा छात्राहरुले आफूले प्रयोग गरेका प्याडलाई आफैले मेशिनमा राखेर जलाउनु पर्नेछ। यो प्रविधि स्मार्ट भएको कारण वातावरण प्रदूषणमा पनि कमी आउने छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’