
मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको अन्तरार्ष्ट्रिय संगठन एम्नेस्टी इन्टरनेशनले इन्टरनेट सर्च इन्जि गुगल र चर्चित सामाजिक सञ्जाल फेसबुकको बिजनेस मोडल मानव अधिकरो लागि खतराको स्कैत भएको दाबी गरेको छ।
एमनेष्टी इन्टरनेशनले एउटा रिपोर्ट जारी गर्दै भनेको छ , ‘इन्टरनेटमा खोजेन र फेसबुकमा ठूलो प्लेटफर्म दिने र आइटी कम्पनीहरुले गर्ने व्यापक निगरानी
गलत रहेको छ। यसले मानिसको मानव अधिकारमाथि नै खतरा पुर्याउन सक्छ भने उनीहरुको अधिकारमाथि ठूलो नोक्सान हुन सक्छ।’
यस्तै फेसबुकले एमनेस्टीको उक्त रिपोर्टप्रति आपत्ति जनाएको छ भने गुगलले पनि मानव अधिकारको रक्षा गर्नुका साथै सशक्त रुपमा मानिसलाई भरोसाको केन्द्र बनेको दाबी गरेको छ।
तर, रिपोर्टमा भनिएको छ, ‘ गुगल पुरै विश्वमा ९० प्रतिशतभन्दा धेरै प्रयोग गरिने सर्च इन्जिन हो र विश्वको एक-तिहाइ मानिसहरु प्रत्येक दिन फेसबुक प्रयोग गर्ने गर्छन्।’
एमनेस्टीका महासचिव कूम नायडूले भनेका छन्, ‘अर्बौ मानिससँग रहेको फेसबुक तथा गुगलले निर्धारण गरेको शर्तमा हिड्नु बाहेक आम नागरिकसँग कुनै विकल्प छैन। जुन मानव अधिकारको पक्षबाट कुनै पनि तरिकाले व्यवहारिक होइन।’
एम्नेस्टी के भन्छ यसबारेमा ?
एमनेस्टीले निकालेको ५८ पानाको उक्त रिपोर्टमा भनिएको छ, ‘ गुगल र फेसबुकको बिजनेस मोडेलले अर्बौ मानिसको निगरानी गरिरहेको छ। जुन सरासर मानव अधिकार विरुद्धको गलत प्रयास हो।यसले मानवको मौलिकता होइन की कर्मसियल र लोभ्याउने काम गरेको छ।मानिसको मौलिकता खोसेको छ।’
एम्नेस्टीको दावी छ, ‘फेसबुक र गुगलले भलै आफ्नो सेवा दिए बावपत कुनै पैसा लिँदैन। तर उपभोक्ताको व्यक्तिगत तथ्यांकलाई संकलन गर्छ जसले पछि उपभवक्तालाई धेरै मूल्य चुकाउनु पर्ने हुन्छ। अर्थात गलत विषयमा फस्ने/फसाइने सम्भावना ज्याँदा हुन्छ।’
यसको लागि रिपोर्टमा क्याम्ब्रिज एनालिटिका प्रकरणको उदाहरण दिइएको छ र साथै यसको बारेमा सबूत प्रमाण दिँदै भनिएको छ की प्रत्येक युजर्सको व्यक्तिगत तथ्यांकहरुलाई उनीहरुको विरुद्ध प्रयोग गर्ने गरिन्छ।
यस्तै एमनेस्टीले सरकारसँग तथ्यांकको सुरक्षा सम्बन्धि कानुन बनाएर ठूलो कम्पनीलाई प्रभावकारी ढंगबाट नियमन गेर सर्भिलल्यान्समा आधारित बिजनेस मोडललाई सुधार गर्न/गराउन अपील गरेको छ।
फेसबुक र गुगलले के भने ?
एमनेस्टीको उक्त दाबीमाथि फेसबुकले सोधै अस्वीकार गरेको छ। उसले भनेको छ, ‘हाम्रो कम्पनीको बिजनेस मोडेल विज्ञापनमा आधारित मोडल हो। र हामी मानिसहरुलाई एकजुट भएर अन्यायको विरुद्धमा आवाज उठाउन मद्दत गरिरहेका छौ। अभियान तयारीमा सघाउछौ। साथसाथै उनीहरुको मान अधिकारको संरक्षण पनि गरिरहेका छौ।यसले मानअधिकार घट्ने होइन की रक्षाको दृष्टिले सही प्लेटफर्म हो फेसबुक। ‘
यस्तै रिपोर्टमा फेसबुकको प्राइभेसी एण्ड पब्लिक पोलिसीका निर्देशक स्टीभ सेटरफिल्टले आफ्ना भनाइहरु राखेका छन्, जसलाई १० वटा बुँदामा भनिएको छ, ‘
उनले भनेका छन्, ‘ हामी पूरै सम्मानका साथ एमनेस्टीको यो निष्कर्षबाट असहमत छौ की हामी मानव अधिकारको सिद्धान्तको अनुरुप छैन।’
यसको जवाफमा टेक्नोलोजी कभर गर्ने वेबसाइट इएनग्याजेटका अनुसार फेसबुकका प्रवक्ताले भनेका छन्, ‘ हामी एमनेस्टी इन्टरनेशनलको रिपोर्टदेखि असहमत छौ। फेसबुकले नीजि कुरालाई जोगाउँदै पुरै विश्वको मानिसलाई आपसमा जोड्ने काम गरेको छ।साथै विकसित देशमा निशुल्क रुपमा बेसिक्स लगायतका टुल्सको माध्यमबाट यो सबै कार्यहरु गरिरहेका छौ। हाम्रो बिजनेस मोडल पनि एमनेस्टी इन्टरनेशनलको जस्तै फेसबुकमा विज्ञापन गरेर आफ्नो समर्थकसम्म पुग्ने, चन्दा एक ठाउँमा भेला गर्ने र आफ्नो मिसनलाई अगाडि बढाउने खालको समूह हो।’
Facebook breach: This is a major breach that must be investigated. It’s clear these platforms can’t police themselves. I’ve called for more transparency & accountability for online political ads. They say “trust us.” Mark Zuckerberg needs to testify before Senate Judiciary.
— Amy Klobuchar (@amyklobuchar) March 17, 2018
उता, गुगलले पनि आफ्नो ग्राहकको प्राइभेसी जोगाउँदै आफ्नो पनि रक्षा गरेको छ। टेक पोर्टल ‘द भर्स‘ले गुगलको प्रवक्ताबाट इमेलको माध्यमबाट प्राप्त जवाफ प्रकाशित गरिएको छ। जसमा लेखिएको छ, ‘ हामीलाई थाहा छ की आफ्नो सूचनालाई लिएर धेरै भरोसा गरेका छौ/गर्छौ।यसको रक्षा गर्न पनि हाम्रो जिम्मेवारी हो। पछिल्लो १८ महिनामा हामीले धेरै नै परिवर्तन ल्याएका छौ। साथै एउटा यस्तो टुल्स बनाएका छौ जसबाट मानिसले आफ्नो सूचनाको रक्षा आफै गर्न सकोस्।’