हुम्ला घुम्ने पर्यटकको संख्या बढ्यो

हुम्ला घुम्ने पर्यटकको संख्या बढ्यो
+
-

सिमकोट– हुम्ला जिल्लाका पर्यटकीय स्थलहरुको ट्रेकिङ गर्ने पर्यटकहरुको संख्यामा बृद्धि भएको छ।

पर्यटकीय स्थलहरुको केही रुपमा भएपनि प्रचार–प्रसार हुँदा र पर्यटकहरु हुम्लाप्रति आर्कषित हुँदा गत वैशाखयता हुम्लाका लिमी, सैपाल, चुवाखोला, चाङ्ला र रलिङ गुम्बा घुम्ने पर्यटकहरुको सख्यामा बृद्धि भएको हो।

हुम्लामा रहेका पर्यटकीय स्थलहरुको खासै प्रचार–प्रसार हुन नसके पनि केही रुपमा भए पनि पर्यटकहरुले जानकारी लिन थालेको कारण पर्यटकहरुको संख्यामा बृद्धि भएको पर्यटन तथा होटेल व्यवसायी विनोद लामाले बताए।

अहिले ट्रेकिङ गर्ने पर्यटकहरु लागि स्तरीय होटेलको व्यवस्था हुनु र हुम्लाका पर्यटकीय स्थलहरुको जानकारी वेभसाईटमा राखिँदा पर्यटकहरु आर्कषित हुन थालेका हुन्।

गत वैशाख महिनायता हुम्लाका पर्यटकीय स्थलहरुको अवलोकन गर्ने तेस्रो देशका पर्यटकहरुको संख्या ७ सय ४९ जना पुगेको प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए।

यसमा सबैभन्दा बढी जेठ महिनामा २ सय ४२ जना र सबैभन्दा कम कार्तिक महिनामा २२ जना आएको प्रहरी प्रतिवेदनले देखाएको छ। यो संख्या गत वर्षभन्दा बढी हो। गतवर्ष यसरी हुम्लाका पर्यटकीय स्थलहरुको ट्रेकिङ गर्ने पर्यटकहरुको संख्या ५ सय ९८ थियो।

यसमा अमेरिका, फ्रान्स, स्वीटजरल्याण्ड, बेलायत, जर्मनी, नर्बे, बेल्जियम लगायतका पर्यटकहरुको आगमन भएको छ। यसरी हुम्ला आउने पर्यटकहरुले एक हप्तादेखि १५ दिनको ट्रिप गर्ने गरेका छन्।

पर्यटकहरु जिल्लामा घुम्न आएपछि होटेल व्यवसायमा बृद्धि हुनुका साथै मानिसहरुले राेजगारीसमेत पाएका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’