सिमकोट– उपनिर्वाचन आउन एक सता मात्र बाँकी रहँदा खार्पुनाथ गाउँपालिका वडा नम्बर २ र ३ का २६ घरधुरीका नेकपाका कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
मंसिर १४ गते खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको बेला नेकपाबाट रुष्ट भएका कार्यकर्ताहरु एक कार्यक्रमकाबीच कांग्रेस प्रवेश गरेका हुन्।
चुनावको मुखमा कांग्रेस प्रवेश गर्ने नेकपाका कार्यकर्ताहरुमा वडा नम्बर २ थालीबाट ११ घरधुरी, माथिल्लो थालीबाट चार घुरधुरी, सेराडिलबाट तीन घरधुरी र वडा नम्बर ४ को रायाको गुम्बाधाराबाट आठ घरधुरीले नेकपा छोडेर कांग्रेस प्रवेश गरेको कांग्रेस सभापति जयपति रोकायाले बताए।

कांग्रेस प्रवेश गर्ने नेकपाका कार्यकर्तालाई कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीले स्वागत गर्नुका साथै पार्टीको सदस्यता प्रदान गरेका थिए।
कांग्रेस प्रवेश गर्ने मध्येका एक वडा नम्बर २ थालीका दलबीर रावलले नेकपाका नेता तथा कार्यकर्ता व्यक्तिवादी र अवसरवादी भएको कारण सो पार्टीलाई परित्याग गरेको बताए।

केन्द्र तथा प्रदेशबाट आएका योजनाहरुको विकास नगरी नेकपाका कार्यकर्ता तथा नेताले खाएको उनको आरोप छ। नेकपाका कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेपछि नेपाली कांग्रेसले चुनावी परिमाण आफ्नो पक्षमा आउन अझै सहज भएको दावी गरेकाे छ।
यता नेकपाले भने २६ घरधुरीका कार्यकर्ताहरु अन्य पार्टीमा जानु सामान्य कुरा भनेको छ।

भर्खरै
लोकप्रिय






































































































































































































