क्‍यान महासंघको अध्‍यक्षमा नवराज कुवँर विजयी

क्‍यान महासंघको अध्‍यक्षमा नवराज कुवँर विजयी
+
-

काठमाडौं-क्यान महासंघको अध्यक्षमा नवराज कुँवर विजयी भएका छन्। शनिबार १३औं कार्यसमितिको निर्वाचनमा प्रतिष्पर्धी सुनैना घिमिरे पाण्डेलाई पराजित गर्दै कुँवर अध्यक्षमा विजयी भएका हुन्।

कुँवरको विजयसँगै क्यान महासंघले पहिलो पटक काठमाडौं उपत्यका बाहिरबाट नेतृत्व पाएको छ। निर्वाचनमा संस्थागत आजीवन समूह सदस्यमा पनि कुँवर प्यानल विजयी भएको छ। यसअन्तर्गत डा. पवनकुमार शर्मा, नवीन जोशी र राजेन्द्र अर्याल विजयी भएका छन्।उनीहरुले पाण्डे प्यानलका विक्रम सिंह, ईं. समिर प्रधान र अहमद खानलाई पछि पारे।

त्यस्तै संस्थागत समूहतर्फ पाण्डे प्यानल विजयी भएको छ। यसअन्तर्गत अरुण वंशल, उमेश रघुवंशी, रञ्‍जित पोदार र बुद्धरत्न मानन्धर विजयी भए। संस्थागत महिलातर्फ यसअघि नै कुँवर पक्षबाट शर्मिला भुजेल र पाण्डे तर्फबाट सरिता सिंह र रेभा राजभण्डारी निर्विरोध निर्वाचित भएका थिए।

त्यस्तै व्यक्तिगत आजीवन सदस्यतर्फ पाण्डे प्यानलकै हेमपाल श्रेष्ठ, सुमनलाल प्रधान र अमित अग्रवाल विजयी भए।उनीहरूले कुँवर समूहबाट उठेका प्रा.डा सुवर्ण शाक्य, विक्रम श्रेष्ठ र दामोदर अधिकारीलाई पराजित गरे।

त्यस्तै व्यक्तिगत साधारण समूहमा कुँवर समूहका खुशल रेग्मीबाहेक सबै सदस्य पाण्डे प्यानलबाट निर्वाचित भएका छन्।यसअन्तर्गत पाण्डे समूहका रेगबहादुर भण्डारी, चन्द्रविलास भुर्तेल, श्रीधर मरासिनी विजयी भएका छन्। व्यक्तिगत महिलातर्फ पाण्डे प्यानलका सुस्मा शर्मा र गुणकेशरी प्रधान र कुँवर प्यानलकी रत्नतारा वैद्य यसअघि नै निर्विरोध निर्वाचित भएका छन्।

यसैगरी प्रदेश ४ बाट कास्कीका जगनबहादुर गुरुङ र बागलुङका कृष्ण पौडेल विजयी भए।यी दुवै पाण्डे प्यानलबाट विजयी भएका हुन्।
त्यस्तै प्रदेश ३ मा कुँवर प्यानलका शेखरनाथ दुलाल (काभ्रे) र भानु शर्मा (चितवन) निर्वाचित भए।

प्रदेशतर्फ दिपेन्द्रकुमार सिंह र भुपालदास श्रेष्ठ प्रदेश २, रेशम गिरी र ध्रुवराज शर्मा प्रदेश ५, दलबहादुर खड्का र भीम मल्ल कर्णाली प्रदेश र हर्क सेट्टी र खेमराज ढुंगाना सुदुरपश्चिम प्रदेशबाट निर्विराेध निर्वाचित भएका छन्।

उनीहरू सबै कुँवर प्यानलका हुन्।त्यस्तै ठाकुरकुमार श्रेष्ठ र भुपेन्द्र मैनाली प्रदेश नं. १ बाट निर्विरोध भएका छन् । श्रेष्ठ र मैनाली भने पाण्डे प्यानलका हुन्।

वस्तुगत सदस्य समूहबाट यसअघि नै कुँवर प्यानलबाट नारायणबहादुर थापा, भोजराज भट्ट, चिरञ्जिवी अधिकारी, प्रताप सापकोटा निर्विराेध निर्वाचित भइसकेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?