उपेक्षामा रामले धनुष तोडेपछि झरेको स्थल ‘धनुषाधाम’

उपेक्षामा रामले धनुष तोडेपछि झरेको स्थल ‘धनुषाधाम’
+
-

धनुषा-विवाह पञ्‍चमी नजिकिँदै गर्दा सीतारामको विवाहसँग सम्बन्धित स्थल ‘धनुषाधाम’ उपेक्षामा परेको छ।

धार्मिक पर्यटनको दृष्टिले समेत महत्वपूर्ण रहेको धनुषाधाममा सरोकारवाला, स्थानीय सरकार र संघीय सरकारको ध्यान जान नसक्दा रामले धनुष तोडेपछि धनुष झरेको स्थल उपेक्षामा परेको हो।

हाल जनकपुरधाम एकातर्फ जनकपुरधामको जानकी मन्दिरमा अहिले विवाह पञ्‍चमीलाई लिएर सरसजावट गरिएकको छ। तर नेपाल भ्रमण वर्ष २०२० समेत शुभारम्भ भइसक्दा पनि यस मन्दिरलाई भ्रमण वर्षको लागि कुनै पनि तयारी सरकारी पक्षबाट गरेदको देखिँदैन।

एकातर्फ सीतारामको भएको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधामको जानकी मन्दिरमा एक सातासम्म विभिन्न कार्यक्रम गरेर विवाह महोत्सव मनाउने गरिन्छ भने स्वयम्वरसँग सम्बन्धित धनुषाधाममा रहेको धनुष मन्दिरमा तयारी नै गरिदैनन्।

प्रदेश-२ को राजधानी जनकपुरधामबाट करिब १५ किलो उत्तर पूर्वी क्षेत्र धनुषाधाम नगरपालिकामा रहेको धनुष मन्दिर पर्यटकीय दृष्टिले अति नै महत्वपूर्ण स्थल हो। सोही स्थलका कारण यस क्षेत्रको नाम धनुषाधाम र जिल्लाको नाम धनुषा राखिएको भनिन्छ।धनुष मन्दिरमा दैनिक सयौंको संख्यामा पर्यटकहरु पुग्ने गर्छ।

त्रेता युगमा भगवान रामले सीता स्वयम्बरमा भगवान शिवको धनुष तोडेका थिए। भगवान शिवको पिनाक धनुषमा भगवान रामले प्रत्यंचा चढाउन खोजेपछि तीन टुक्रा भएको थियो जसको एक टुक्रा आकाशमा, एउटा पातालमा र एउटा टुक्रा पृथ्वीमा झरेको वाल्मिकी रामायणमा उल्लेख छ। पृथ्वीमा पिनाक धनुषको टुक्रा झरेको स्थल नै हो धनुषाधाम।

त्रेता युगको इतिहास बोकेको सो स्थलको दर्शनका लागि नेपाल भारतको विभिन्‍न स्थानबाट दर्शनार्थीहरु पुग्ने गर्छन्। शुरुमा खुल्ला आकाशमै रहेको धनुषको टुक्रा झरेको स्थल एक दशक अगाडि मात्रै मन्दिरको स्वरुप प्राप्त गरेको मन्दिरका महन्थ भरत दासले बताए। सरकार पक्षबाट मन्दिरको निर्माण नभएपछि स्थानीय केही व्यक्तिहरुको सहयोगबाट मन्दिर निर्माण गरिएको थियो।

धनुष झरेको स्थलमा अहिले कालो सिमेन्ट झै ढुंगा झरेको जस्तो देखिन्छ। सानै आकारको रहेको सो धनुषको सो टुक्रा दिन दिनै बढ्दै गईरहेको र अहिले सय मिटरसम्म फैलि सकेको छ। टुक्रा किन फैलि रहेको छ भन्‍ने अहिलेसम्म रहस्‍यमय नै छ।

कालो ढुंगा जस्तै देखिने सो टुक्रा के हो भन्ने पुष्टी अहिलेसम्म वैज्ञानिकहरुले गर्न सकेका छैनन्। त्यो टुक्रा न ढुंगा, न काठ वा न त कुनै धातु नै रहेको अनुसन्धानबाट खुलेको थियो।

धनुषाधाममा झरेको कालो शिलामाथि अहिले विशाल पिपलको बोट छ। सो पिपलको बोट ५ सय वर्षभन्दा बढी पुरानो रहेको स्थानीयवासीहरुको भनाई छ। सो पिपलको बोट मुनी नागको वास छ भन्‍ने किम्बदन्ती रहेको महन्थ दासले बताए।

उनका अनुसार अमवस्याको राती धनुष मन्दिर हरियो रंगले चम्किरहेको हुन्छ। पिपलको बोट मुनी वास गरिरहेको नाग मणि सहित अमावस्याका राति बाहिर आउने गरेकोले मन्दिर चम्किने गरेको महन्थ भरत दासले बताए।

मन्दिरभित्रै रहेको पिपलको बोटकै छेउमा सानो कुण्ड रहेको छ। सानै आकारको सो कुण्डको नाम पाताल गंगा छ। पाताल गंगाले प्रकृति र यो वर्ष कस्तो रह्ने भन्ने संकेत गर्छ। पानी धरती सतहभन्दा माथि हुन्छ भने वर्षभरि शुभ रह्ने र धरती सतहभन्दा पानी तल हुँदा अनिष्टको संकेत गर्दछ महन्थ भरत दासले बताए। यस वर्ष पानीको सतह तल रहेकोले अनिष्टको संकेत गरिरहेको बताए।

हजारौ वर्षको इतिहास बोकेको सो मन्दिरको सौन्दर्यीकरण तथा संरक्षणका लागि कुनै स्तरबाट पहल नभएको देखिन्छ। महन्थ दासले देश संघियतामा गएपनि स्थानीय सरकार, प्रदेश सरकार वा केन्द्र सरकारले यस मन्दिरप्रति उदासिन रहेको आरोप लगाए।

यो मन्दिर धनुषा र प्रदेश २ को मात्र नभई देशकै उत्कृष्ट गन्तव्य बन्‍ने सम्भावना रहेपनि यसको संरक्षण एवं सम्वर्द्धनको लागि कुनै निकाय सक्रियता नदेखाएको स्थानीय राजेश राउतले आरोप लगाए।

के हो पिनाक धनुष ?


सत्य युगको समयमा अमरत्व नै प्राप्त गरिसकेका त्रिपूरा नामक दैत्यका कारणले देवी देवताहरु भयभित भएका थिए।त्रीपुरा दैत्यको तीन ठाउँमा वास थियो। त्रीपुरालाई भगवान शंकरले एउटै वाणबाट तीनै स्थलमा हत्या नगरेसम्म त्यसको मृत्यु नहुने वरदान प्राप्त गरेका थिए। जसकारण ऊ अमरत्व नै प्राप्त गरि सकेको थियो।

देवताहरुलाई विभिन्न प्रकारको प्रताडन दिएपछि भयभित भएका देवी देवताहरु आफ्नो रक्षाका लागि भगवान शंकर समक्ष पुगेका थिए। शंकर भगवान समक्ष देवताहरु पुगेपछि भगवान शंकरले नै त्रीपुरा दैत्यको बध गर्नका लागि दधिची ऋषिको हाडबाट तीन अस्त्र निर्माण गर्न अढाएका थिए।

विष्णु पुराणका अनुसार दधिची ऋषिको हाडबाट तीन अस्त्रको निर्माण गरिएको थियो। मेरुदण्डको हाडबाट बज्रको निर्माण गरेर ईन्द्रलाई दिइयो। भूजाको हाडबाट सारंग धनुष निर्माण गरियो र मस्तकको हाडबाट पिनाक धनुषको निर्माण गरियो जो स्वयं भगवान शिवले राखे।

उनले पिनाक धनुषकै सहायताले त्रिपुरासुर संग्राममा विजय प्राप्त गरेका थिए।सो धनुष पछि भगवान शिवले प्रसन्न भएर परशुरामलाई दिएका थिए। धरतीमा क्षत्रीयहरुको अत्याचार बढ्न थालेपछि परशुरामले सोही धनुषबाट २१ पटक क्षत्रियहरुको बध गरेका थिए। पछि सो धनुष मिथिलाका राजा जनकलाई रक्षार्थ दिएका थिए।

सो धनुष माता सीताले बायाँ हाथबाट उठाएपछि राजा जनकले सो धनुषमा प्रत्यंचा चढाउन सक्ने बिर पुरुषलाई नै छोरी दिने प्रण गरे।पछि सीता स्वयम्बरमा रामले उक्त धनुषमा प्रत्यंचा चढाउन खोज्दा तीन टुक्रा भएको थियो।

एक टुक्रा आकाश हुँदै भारतको दक्षिण प्रान्त रामेश्वरम, दोस्रो टुक्रा पाताल र तेस्रो जनकपुरधामको धनुषधाम क्षेत्रमा झरेको विश्‍वास छ।धनुषको टुक्रा पातालमा झरेको स्थल जनकपुरधाममा अहिले सो स्थलमै धनुषसागर पोखरी छ।धरतीमा टुक्रा झरेको स्थलमा नै अहिले धनुष मन्दिर रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?