सिमकोट- हिउँदे याम सुरु भएसँगै सिमकोटका विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको छ। सिमकोटस्थित सर्केगार्ड गाउँपालिकाको लालि गुरास मावि लिप्नेका विद्यार्थीहरु चिसोको कारण कक्षा कोठामा बस्न नसक्दा शिक्षकहरुले बाध्य भएर बाहिर बढाउनु परेको हो।
कक्षा कोठामा नपढेर किन बाहिर पठन-पाठन गरेको भन्ने प्रश्नमा त्यहाका विद्यार्थी र शिक्षकको एउटै जवाफ हुन्छ, ‘ अब यस्तो चिसोमा कक्षाकोठामा कसरी अध्ययन/अध्यापन गर्ने ? भित्र बस्नै सकिँदैन।त्यसैले बाहिर धाम लागेको ठाउँमा बस्नै पर्यो नि ?’
यस्तै सर्केगार्ड गाउँपालिकाको वड नम्बर-२ र ३ को लिप्नेमा स्थापना भएको लालि गुराँस माध्यामिक विद्यालयका विद्यार्थीहरु चौर तथा खुल्ला ग्राउण्डमा अध्ययन गर्न थालेको कक्षा नौ का छात्र नन्द महतारा बताउँछन्। उनी भन्छन्, ‘ कात्तिक अन्तिम हप्ताबाट कक्षा कमोठामा यसरी चिसो हुन थाल्यो की कक्षाभित्र होइन बाहिर अध्ययन बाध्य भयौ।’
यस्तै विद्यालयका प्रधानाध्यापक काली बहादुर महताराले कक्षामा चिसो बढी हुने भएपछि कक्षा शिक्षकले आवश्यकता अनुसार बाहिर घाम लाग्ने ठाउँमा अध्ययन गराउने गरेको बताए।
उनी भन्छन्, ‘मुने डाँडाको फेदीमा रहेको विद्यालयमा कार्तिक महिना पनि घाम कम लाग्ने गर्छ। अब मंङ्सिर १५ पछि त झन दिनमा तीन पटक घाम लाग्ने हुँदा आगो बालेर बढाउने गरिन्छ। कक्षामा चिसो बढी हुने भएपछि कक्षा शिक्षकले आबश्यकता अनुसार बाहिर घाम लाग्ने ठाउँमा अध्ययन गराउन बाँध्य छौ।’
भित्र चिसोले थरथरी कमाउने भएपछि बाहिर घाममा वा आगो बालेर पढाउनु पर्ने बाध्यता बर्षेनी रुपमा रहदै आएको छ। कक्षा छ देखि १० सम्म पढाई हुने उक्त विद्यालयमा कक्षा कोठाहरु भएपनि भित्र पढाउन चिसोको कारण कठिन हुने भएको हुँदा बाहिर पढाउनु परेको प्रअ महताराले बताए।
अझ मंङ्सिर १५ पछि त घरबाट विद्यार्थीहरुले पालै पालो दाउरा बोकेर ल्याउने र आगो बालेर पढाउनु पर्ने अबस्था आउने शिक्षकहरुले बताउँछन्। दुई सय जना विद्यार्थीहरु रहेको सो विद्यालयका अब सबै कक्षाहरु बाहिर पढाउनु पर्ने बताउँदै प्रअ महताराले बेलुका चार बजेसम्म त झनै चिसो बढ्छ।
यो समस्या हुम्लाका अधिकांश विद्यालयहरुको भएपनि बढी समस्या भोग्नेमा भने कर्णाली नदी तिरका विद्यालयहरु रहेका छन्। आगामी पुस पन्द्र गतेसम्म हुम्लाका विद्यालयहरु संञ्चालनमा रहने छन्। त्यसपछि पैतालीस दिन मिन पचासको छुट्टि हुनेछ।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































