हृदय जलेको त्यो दिन- १

एसिड आक्रमणको पाँच वर्षपछि‍‍‍‍…

+
-

काठमाडौँ – २०७१ साल फागुन १० गते अर्थात ५ वर्ष अगाडि बिहान बसन्तपुरमा रहेको एक ट्यूसन सेन्टरको कक्षा कोठामा एसिड आक्रमण भयो। बिहानै उठेर नजिकिँदै गरेको एसएलसीको तयारीमा जुटिरहेका संगिता मगर र सिमा बस्नेतमाथि जीवन विकले एसिड आक्रमण गरेका थिए।

आफ्नो सुन्दर भविष्यको कल्पना गरिरहेका उनीहरुको सपना क्षणभरमै चकनाचुर भयो। एसिडले उनीहरुको अनुहार जल्यो। एसिड संगीतालाई लक्षित गरेर छ्यापिएको थियो। संगीतामाथि यसको धेरै असर पर्‍यो।

लामो समयको अस्पताल बसाइपछि संगीताको उपचार भयो, तर अनुहारको स्वरुपमा देखा परेको परिवर्तन फेरि पुरानै अवस्थामा आउन सकेन। लामो समयसम्म उनलाई ऐना हेर्न दिइएन। जब उनले आफ्नो अनुहार ऐनामा हेर्ने मौका पाइन्, त्यो क्षण उनका लागि निकै मुस्किलको क्षण थियो। फेरिएको त्यो स्वरुपलाई उनले लामो समयसम्म स्वीकार्न सकिनन्। उनको मनमा नकारात्मक सोचहरुले डेरा जमाउन थाले। त्यही नकारात्मक सोचले उनलाई आत्महत्याको बाटोसम्म पुर्‍यायो।

एसिड आक्रमण जस्तो भयानक अवस्थाबाट जुग्रिएका संगीता मगर र सीमा बस्नेत । तस्बिर: बर्षा शाह/देश सञ्चार

संगीताले कयौँ कोसिस गरिन्। तर उनले परिवारलाई फेरि अर्को एक पटक रुवाउन चाहिनन्। घटना भएको साढे तीन वर्षसम्म उनी घर बाहिर निस्किने हिम्मत गरिनन्।

तर उनको परिवारले उनलाई यो हिम्मत र आँट दियो। उनको परिवार फेरि अर्कोपटक उनको प्रेरणाको स्रोत बन्यो। उनीमा बाँच्ने आसा जाग्यो। अनि केही गर्नुपर्छ भन्ने हिम्मत र आँट पनि आयो।

अँध्यारो कोठाबाट बाहिर निस्केर उनले उज्यालो बाटो तय गरिरहेकी छिन्। घटना पछि बीचमै रोकिएको पढाइलाई निरन्तरता दिएकी छिन्। आफूभित्र भएको निराशालाई शक्तिको रुपमा परिणत गर्दै विभिन्न एसिड पीडितहरुलाई सहयोग गर्न विभिन्न अभियानमा सहभागिता जनाउन थालेकी छिन्।

एसिड आक्रमण जस्तो भयानक अवस्थाबाट जुग्रिएकी संगीता अहिले अरुलाई आत्मबल मिल्छ भन्ने आशमा आफूले पार गरेको असजिलो यात्राको कथा मुस्कुराउँदै सुनाउन सक्ने भएकी छन् । तस्बिर : बर्षा शाह/देश सञ्चार

खुल्ला पक्षी जस्ता स्वतन्त्र भएर हिँड्ने साहस बोकेकी छिन् उनले। बल्ल उनले खुल्ला आकाश मुनि स्वच्छन्द भएर स्वास फेर्न थालेकी छिन्। तर सरकारले एसिड आक्रमणका घटनालाई घटनाका रुपमा मात्रै हेर्ने गरेको उनको बुझाइ छ। उनलाई लाग्छ, एसिड छ्याप्ने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याइनु पर्छ।

विस्तृत भिडियो रिपोर्ट:

(यो शृंखलाको भिडियो तथा तस्बिर देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले खिचेकी हुन् ।)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?