पोखरा रंगशालामा ‘साग’ को चटारो (तस्बिरसहित)

पोखरा रंगशालामा ‘साग’ को चटारो (तस्बिरसहित)
+
-

पोखरा – दक्षिण एसियाली खेलकुद (साग) को १३ औँ संस्करण सुरु चार दिन बाँकी रहँदा पोखरा रंगशालामा भौतिक पूर्वाधारको काम भने सकिएको छैन ।

काठमाडौँ बाहिर पोखरामा पनि सागका केही खेल हुने निश्चित भएकाले रंगशालामा खेल मैदानसहितका पूर्वाधार निर्माण थालिएको थियो ।

विशेष गरी महिला फुटबलका लागि अहिले मैदान पुनर्निर्माण गरी काम सक्न व्यवस्थापनलाई सम्पूर्ण काम सक्न असम्भव जस्तै छ । तर खेल सञ्चालन गर्न भने कुनै कठिनाई नहुने निर्माण कम्पनीले जनाएको छ ।

रंगशाला पुनर्निर्माणको जिम्मा भारतको ग्रेट स्पोर्टस् इन्फ्रा (जिएसआई) र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीले पाएको हो ।

मैदानका लागि आवश्यक दुबो कम्पनीले भारतबाटै झिकाएको थियो । पहिलो पटक ल्याइएको दुबो राम्ररी नसरेपछि पुनः दुबो रोप्नु परेको थियो । ६३ लाख रुपैयाँ लागतमा दुबो ल्याइएको निर्माण पक्षले जनाएको छ ।

भारतको कलकत्ताबाट बर्मुडा दुबो ल्याई मरेको दुबोको ठाउँमा पुनः रोप्ने काम सकिएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर इन्जिनियर दीपक बरालले जानकारी दिए । मैदानमा करिब ८६ हजार स्क्वायर फिट दुबो बिच्छ्याइसकिएको उनी बताउँछन् ।

खेल मैदानमा अर्को चुनौती प्यारापिट जडान पनि हो । करिब १० हजार सिट क्षमताको प्यारापिट बनाइने बताइए पनि हाल पहिलो चरणमा ३ हजार ८ सय क्षमताको मात्रै प्यारापिट जडान गरिँदैछ छ ।

दुई भागमा बन्ने प्यारापिटमध्ये एक भागमा मात्रै जडानको काम सकिएको छ । अर्को भागमा खेल सुरु हुने दिन अगावै सकिसक्ने इन्जिनियर बरालले बताए ।

मैदानको बाहिरी भागमा सिन्थेटिक एथ्लेटिक ट्रयाकको बाँकी काम पनि अन्तिम चरणमा पुगेको छ । साग खेल अन्तर्गत पोखरामा हुने तय भएका ९ खेलमध्ये प्याराग्लाइडिङ नहुने भएपछि ८ वटामात्रै हुने भएका छन् ।

पोखरामा ७ राष्ट्रका ७ सय २२ खेलाडी

(साग) अन्तर्गत पोखरामा हुने ८ खेलका लागि ७ सय २२ खेलाडी सहभागी हुने भएका छन् । पोखरामा हुने आर्चरी, भारोत्तोलन, ह्यान्डबल, फुटबल, विच भलिबल, ट्रायथोलन, ब्याडमिन्टन र महिला क्रिकेट खेलमा प्रतिस्पर्धाका लागि पुरुषभन्दा महिला खेलाडी बढी छन् ।

८ खेलका लागि ४ सय १ महिला र ३ सय २१ पुरुष खेलाडी सहभागी हुने १३ औं साग प्राविधिक समितिका सचिव बलराम लामाले जानकारी दिए । पोखरामा हुने खेलको लागि आयोजक नेपालले ८ खेलमा पुरुष ५२, महिला १ सय २ र अफिसियल २६ जनाउँदै छन् ।

भारतबाट ५ खेलका लागि १ सय ७२ जना खेलाडी तथा २५ जना अफिसियल हुनेछन् । जसमा ४१ जना पुरुष, ६१ जना महिला खेलाडी छन् । भारतबाट आर्चरी र महिला क्रिकेटमा खेलाडी सहभागी छैनन् ।

माल्दिभ्सबाट ५ खेलमा १ सय ३६ खेलाडी तथा ३४ अफिसियल सहभागी छन् । जसमा ४१ पुरुष र ६१ महिला खेलाडी सहभागी छन् । माल्दिभसले आर्चरी, भारोत्तोलन र ट्रायथोलनमा सहभागिता जनाएको छैन ।

बंगलादेशबाट ६ खेलका लागि पुरुष ५९ जना, महिला ५५ र ३६ जना अफिसियल गरी १ सय ५० जना सहभागी छन् । बंगलादेशले महिला फुटबल र ट्रायथोलनमा सहभागिता जनाएको छैन ।

पाकिस्तानबाट ५ खेलमा ९४ जना खेलाडी तथा २१ जना अफिसियलको सहभागिता छ । जसमा पुरुष ३८ र महिला ३५ छन् । पाकिस्तानले महिला फुटबल, महिला क्रिकेट र ट्रायथोलनमा सहभागिता जनाएको छैन ।

श्रीलंकाले ८ खेलमा १ सय ७५ जना खेलाडी तथा ३३ अफिसियलको सहभागिता छ । जसमध्ये पुरुष खेलाडी ६१ र महिला खेलाडी ८१ छन् ।

भुटानबाट ४ खेलका लागि पुरुष २९, महिला ६ र अफिसियल ७ जना गरी ४२ जना सहभागी छन् । प्रतियोगितामा सबैभन्दा कम खेलाडी भुटानबाट सहभागी भएका छन् । भुटानले ह्यान्डबल, महिला फुटबल, बिच भलिबल र ट्रायथोलनमा सहभागिता जनाएको छैन ।

पोखरामा ९ खेल हुने भनिए पनि प्याराग्लाइडिङ भने नहुने भएको छ । प्याराग्लाइडिङबाट नेपालले स्वर्णपदक आशा गरेको थियो ।

नेपालले स्वर्णको आशा गरेको खेल साग गेमबाट हटाइएको छ । साग गेममा २७ खेल हुने भनिएपनि २६ खेलमात्र हुने भएका छन् । जसमध्ये पोखरामा ८ खेलमात्र हुनेछन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?