देउवालाई प्रचण्डको सुझाव: उट्पट्याङ राजनीति छाडेर जिम्मेवार प्रतिपक्ष बन्नुस्

देउवालाई प्रचण्डको सुझाव: उट्पट्याङ राजनीति छाडेर जिम्मेवार प्रतिपक्ष बन्नुस्
+
-

पोखरा – भारतसँगको सीमा विवादलाई लिएर सार्वजनिक गालीगलाैजमै उत्रिएका शीर्ष नेताहरुको घोचपेच अझै टुंगिएको छैन्।

गत शनिबार पोखरामा आयोजित चुनावी सभामा सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले‘प्रधानमन्त्री केपी ओलीको सल्लाहमा भारतले नक्सा छपाएको’ भन्ने अभिव्यक्ति दिएपछि राजनीतिक वृत्तमा घोचपेचको विषय बनिरहेको छ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोखरामा आायोजित कास्की–२ को चुनावी सभामा प्रतिपक्षी दलका सभापति देउवालाई कडा शब्दमा प्रतिकार गरेका छन्।

अध्यक्ष प्रचण्डले देउवाको उटपट्याङ राजनीति कांग्रेस इतिहास हुन लागेको बताए। उनले भने, ‘घाम छर्लङ्ग छ। शेरबहादुरजी पोखरा आएर झुठो बोल्नुभयो। घाम लागेको बेला हत्केलाले सूर्य छेक्ने काम गर्नुभयो।’

गिरिजाप्रसाद कोइरालाको पार्टी झुट बोल्ने र बेइमानी गर्ने पार्टी भएकोमा आफूलाई चिन्ता लागेको प्रचण्डले सुनाए। देउवालाई झुठ बोलेर दिउँसै रात पार्न र उटपट्याङ गर्न छाड्न उनको सुझाव छ। प्रतिपक्षी दलले जिम्मेवारी निभाएर राम्रो होस् भन्ने चाहना राखेको प्रचण्डले बताए।

कांग्रेसलाई गहिरो आत्मसमीक्षा गरेर सच्चिन समेत प्रचण्डको आग्रह छ। ‘कांग्रेस ओरालो लागेको छ। इतिहास होला। के कांग्रेस किम्बदन्तीको इतिहासको एउटा कथा बन्न चाहेको हो?,’ उनले प्रश्न गर्दै भने, ‘सल्लाहले नक्सा छापेको हो भन्नु लाजमर्दो हो।’

गिरिजाप्रसाद कोइरालासँग शान्ति सम्झौतामा हस्ताक्षर गरेको स्मरण गर्दै प्रचण्डले संविधान निर्माणको सहयात्री पनि भएकाले कांग्रेस इतिहास बन्न नहुने भन्दै उनले व्यंग्यात्मक टिप्पणी गरे। कांग्रेसको कार्यशैलीले जिम्मेवार प्रतिपक्षको भूमिका निभाउने छाँट नदेखिएको उनको भनाई थियो।

देउवाले झुठ बोलेर जनतालाई उल्लु बनाउन खोजेको प्रचण्डको आरोप छ। संघीय गणतन्त्रको मर्म बुझ्ने प्रयास गर्न कांग्रेलाई उनको आग्रह छ। सरकारले सीमा विवाद सम्बन्धमा कुटनीतिक स्तरबाट थालेको प्रयास ऐतिहासिक भएको प्रचण्डले सुनाए।

सभामा नेकपा उम्मेदवार विद्या भट्टराईलाई भारी मतले जिताउन प्रचण्डले नेता कार्यकर्तालाई अनुरोध समेत गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?