विस्फोटमा संलग्न भएको आरोपमा पोखराबाट एक जना पक्राउ

विस्फोटमा संलग्न भएको आरोपमा पोखराबाट एक जना पक्राउ
+
-

पोखरा – सत्तारुढ दल नेकपाको चुनावी सभा चलिरहेको स्थान नयाँबजार प्रदर्शनी केन्द्र नजिकै विस्फोट गराएको आरोपमा एकजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।

घटना लगत्तै सर्तकता बढाएको प्रहरीले सोही स्थानबाट एक जनालाई नियन्त्रणमा लिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए। पक्राउ परेका व्यक्तिको प्रहरीले नाम खुलाएको छैन। तर निर्वाचन बहिष्कार गरिरहेको नेत्र विक्रम चन्द विप्लव समूहले सुनियोजित रुपमा घटना घटाएको आंशका छ।

सभामा नेकपाका नेता सुवासचन्द्र नेम्वाङले सम्बोधन गरिरहँदा विस्फोट भएको थियो। नेम्वाङको सम्बोधन सकिएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए।

प्रदर्शनी केन्द्रको डोम नजिकै फोहोरको थुप्रोमा विस्फोटक पदार्थ ठूलो आवाजमा पड्किदा छेउमा पार्क गरी राखेको ग १ ख ६७९४ नम्बरको सार्वजनिक बसको सिसामा क्षति पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?