
जनकपुरधाम-विवाह पञ्चमीको दोस्रोदिन आज फुलवारी लिला सम्पन्न भएको छ।
जनकपुरधामको साताव्यापी कार्यक्रम सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत बुधबार दोस्रो दिन फूलवारी लिला विधि गरिएको छ।
जानकी मन्दिरको छेउमै रहेको विवाह मण्डपमा एक समारोहकाबीच फूलवारी लिला कार्यक्रम गरिएको छ।
राम र सीताबीच एकान्तमा भेटघाट गराइने कार्यक्रमलाई फूलबारी लिला कार्यक्रम भनिन्छ। सीता र रामको पहिलो भेट यही भएको छ।
राम र सीताबीच पहिलो पटक बगैंचामा भेटघाट भएको पौराणिक कथाको आधारमा फूलवारी लिला कार्यक्रम गर्ने प्रचलन रहेको छ।
फूलबारी लिला हेर्न हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरुको भिडभाड थियो। अब बिहीवार धनुष यज्ञ, शुक्रबार तीलकोत्सव, शनिवार मटकोर, आइतवार स्वयमबर तथा शुभ विवाह र सोमवार रामकलेवा गरी विवाह पञ्चमीको कार्यक्रमलाई समापन गरिन्छ।