
सिमकोट – सिमकोट गाउँपालिकाको वडा नम्बर ७ को लाग्ना खोलामा बुधबार भएको टिपर दुर्घटनाका घाइतेलाई हेलिकप्टरमार्फत उपचारका लागि नेपालगञ्ज लगिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत ११ जना घाइतेलाई उपचारका लागि नेपालगञ्ज लगिएको हो ।
उद्धार गरिएकाहरुमा सिमकोट गाउँपालिका वडा नम्बर ६ का खगेन्द्र रावत, सन्तोश सुनार, कमल रोकाया, अकिल रोकाया, राम कुमार सुनार, नर सुनार, अंग फडेरा, घनसिह भण्डारी र नाम्खा १ का खिउदार तामाङ र नाम्ग्याल तामाङ र नटुक लामा रहेका छन् ।
घाइते मध्ये सन्तोस सुनार, नुटुप लामा, अंग फडेरा, खगेन्द्र रावत र नाम्ग्याल तामाङको अवस्था गम्भीर रहेको जिल्ला अस्पतालका डाक्टर अमित बिष्टले बताए ।
सिमकोट गाउँपालिकाको लाग्ना खोलामा लु ४ ख नम्बरको टिपर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको थियो ।
टिपर दुर्घटनाका घाइतेलाई नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) ले एक लाख रुपैयाँ सहयोग गरेको छ ।