प्रहरी कन्ट्रोल रुम ‘१००’मा झिजो लाग्दो फोन !

प्रहरी कन्ट्रोल रुम ‘१००’मा झिजो लाग्दो फोन !
+
-

पोखरा-जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी नियन्त्रण कक्ष (कन्ट्रोल रुम)मा तारन्तार फोन आइरहन्छ।निशुल्क उपलब्ध हुने १०० नम्बरमा डायल गरेपछि नागरिकले प्रहरीलाई आफ्ना समस्या, गुनासो वा सूचना टिपाउन सक्छन्।

झन्डैं मिनेट अन्तरमा बजिरहने फोन जायज समस्या सुनाउनकै लागि भने अति कम मात्रै बज्छ।प्रहरीलाई गुनासो वा सूचना टिपाउनुको साटो उल्टो फोन व्यस्त (इंगेज) गराइदिने कल हुन्छन्।

कतिपय भने अति सामान्य समस्या पनि प्रहरीलाई टिपाई समय लिइरहेका हुन्छन्।जस्तोसुकै भएपनि समस्या त समस्या नै हो।गुनासो टिप्नु कन्ट्रोल रुममा बसेका प्रहरीको कर्मचारीको धर्म पनि।

वास्तविक गुनासो भए त प्रहरीले तुरुन्तै एक्सन लिन्छ।तर गलत प्रवृत्ति भएकाले तारन्तार फोन गरेर लाइन इंगेज बनाइदिँदा भने प्रहरीलाई हैरान त बनाउँछ नै उल्टो अन्य सेवा पाउनुपर्नेले समयमा पाउँदैनन्।

कास्की प्रहरीको कन्ट्रोल रुममा बितेको कात्तिक महिनामा मात्रै १ हजार ४ सय ३ वटा फोन प्राप्त भएका छन्।तिमध्ये झन्डैं २५ प्रतिशत कल अनावश्यक दुःख दिने नियतले भएको कास्की प्रहरीको रेकर्ड छ।

कन्ट्रोल रुमबाट २४ सैं घन्टा नागरिकका गुनासा सुन्न ३ सिफ्ट प्रहरी कर्मचारी खटिएका छन्।दिउँसोको समयमा भन्दा रातपरेपछि भने अनावश्यक कलले नाइट सिफ्टमा खटिने कर्मचारीलाई झिँजो लाग्दो बनाउँछ।

‘मादक पदार्थ सेवन (मापसे) गरेर फोन गर्ने पनि उत्तिकै छन्,’ कन्ट्रोल रुमका प्रहरी नायब निरीक्षक (प्रनानी) राजेन्द्र पौडेल भन्छन्, ‘कोहीँ कोहीँ त यसै फोन गरेर ‘हेलो प्रहरी, हेलो प्रहरी’ भनेर जिस्क्याउँछन् ।’

कन्ट्रोल रुममा नागरिकको गुनासो गर्ने बानीको विकास भएपनि गलत प्रवृत्तिले हैरान दिनेहरुबाट जोगिन प्रहरीले त्यस्तालाई सुधार्ने गरेको घटना पनि छ।रातको समयमा मापसे गरी ५÷६ चोटी तारन्तार फोनमा अपशब्द प्रयोग गरी गाली गलौज गर्ने एक व्यक्तिलाई केही हप्ता अघि पक्राउ गरेको थियो।

मदिराको नसाको सुरमा कर्मचारीलाई मर्यादा नराखी बोल्ने ति व्यक्तिलाई पक्राउ गरी १ दिन थुनामा राखी सम्झाई बुझाई छाडिएकोले प्रनानी पौडेलले बताए ।
कन्ट्रोल रुममा नेपाल टेलिकमका नम्बरबाट सम्पर्क हुने ३ सेट र एनसेलबाट सम्पर्क हुने १ सेट फोन छ।अनावश्यक फोन बज्नेमा एनसेलकै नम्बर बढी भएको प्रहरीको रेकर्ड छ।

उक्त फाँटको काम फोन उठाउने र गुनासो दर्ता गर्नमा मात्रै सिमित हुँदैन।गुनासो टिपिसकेपछि घटनाको प्रकृति केलाई कुन प्रहरी युनिटलाई कहाँबाट नजिक पर्छ सो यकीन गरी खटाउने जिम्मेवारी समेत छ ।

प्रनानी पौडेल भन्छन्, ‘तत्काल प्राप्त सूचनालाई घटना घटेको सम्बन्धित क्षेत्रमा नजिक भएको प्रहरी टोलीलाई खट्न निर्देशन दिनुपर्छ।फोन प्राप्त भएको समय र प्रहरी पुगेको समय मापन पनि यहीँ रुमबाटै गर्छौं,’

कन्ट्रोल रुममा आएका गुनासो सम्बोधन गर्ने समय (रेस्पोन्स टाइम)को रेकर्ड राख्ने कामको थालनी कास्की प्रहरीले सुरुवात गरेको छ।जिल्लाभरीका वडाप्रहरी र इलाका प्रहरीलाई दिइएको निर्देशनमा कति समयमा घटनास्थलमा पुगेर रेस्पोन्स गर्छ त्यसको मापनले अन्तर इकाइबीच प्रतिस्पर्धा बढ्ने विश्वास लिइएको कास्की प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले सुनाए।

‘सूचना पाएको युनिट कति समयमा घटनास्थलमा पुग्छ र रेस्पोन्स गर्छ त्यसको रुलिङ कास्की प्रहरीले रेकर्ड राखी अभ्यास थालेको छ,’ उनले भने, ‘यसबाट एउटा नागरिकले कति समयमा प्रहरीको सेवा पायो भन्ने स्पष्ट देखिन्छ।साथै आमनागरिक माझ प्रहरीको पर्फमेन्स पनि बढ्छ ।’

कार्यालयको रेकर्ड अनुसार प्रहरी कन्ट्रोल रुममा प्राप्त सूचना सम्बोधन औसतमा ५.८ मिनेटमा भइरहेको एसपी कार्कीले जानकारी दिए।ट्राफिक, वडा प्रहरी र इलाका प्रहरी कार्यालयका युनिटले समेत औसतमा ५ देखि ६ मिनेट अन्तरमा घटनास्थलमा पुग्ने गरेको छ।

ग्रामिण इलाकाको हकमा भने औसतमा ३२ मिनेट रेस्पोन्स टाइम देखिएको छ।उक्त भौगोलिक विकटताका कारण ग्रामिण इलाकामा रेस्पोन्स टाइम अन्यको तुलनामा अधिक भएको एसपी कार्की बताउँछन्।

प्रहरीलाई सूचना दिने वा गुनासो दर्ता गर्ने परिपाटी बढ्नु सकारात्मक भएको एसपी कार्कीको बुझाई छ।तर सामान्य समस्यामा पनि प्रहरीलाई नै भन्ने बानीले काममा बाधा पुग्ने उनले बताए।

‘बच्चा रोएमा फकाउन प्रहरीलाई फोन गर्ने होइन,’ उनले भने, ‘वास्तविक शान्ति सुरक्षामै खलल पुर्‍याउने गतिविधिबारे भने जानकारी दिनुपर्छ।’

जिल्ला प्रहरी कार्यालय कास्कीको कन्ट्रोल रुममा नागरिकका समस्या टिप्दैँ ड्युटीमा खटिएका प्रहरी कर्मचारी।तस्बिरः ईश्वर देवकोटा÷देश सञ्चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?