कास्की–२ मा तीन तहको कडा सुरक्षाबीच मतदान हुने

कास्की–२ मा तीन तहको कडा सुरक्षाबीच मतदान हुने
+
-

पोखरा – आमनिर्वाचनमा जस्तै उपनिर्वाचनमा पनि उस्तै किसिमको सुरक्षा संयन्त्र परिचालन गरिएको छ। कास्की जिल्ला सुरक्षा समितिको बैठकले यसअघि निर्वाचन आयोगबाट निर्देशित सुरक्षा परिचालन सम्बन्धी योजना लागु गरिसकेको हो।

मतदातालाई मतदान केन्द्रसम्म भयरहित अवस्थामा मतदान गर्ने वातावरण बनाउन तीन तहको सुरक्षा परिचालन गरिएको कास्कीका सिडिओ रमेशकुमार केसीले जानकारी दिए। नेपाली सेना परिचालनका लागि सरकारले अख्तियारी दिइसकेको छ।

मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरीले सुरक्षा दिने छ। प्रहरीले नै मतपेटिकाको समेत सुरक्षा गर्नेछ। दोस्रो घेरामा सशस्त्र प्रहरीको सुरक्षा फौज रहने व्यवस्था गरिएको सिडिओ केसीले बताए।

तेस्रो घेरामा नेपाली सेनाले मतदानस्थलको सुरक्षा दिनेछ। तीनै तहको सुरक्षामार्फत सम्पूर्ण निर्वाचन क्षेत्र तथा मतदानस्थलको सुरक्षा व्यवस्था व्यापक रुपमा परिचालन हुने भएको हो।

सुरक्षा समितिले सुरक्षा दृष्टिले एकीन गरेको अति संवेदनशील, संवेदनशील र सामान्य मतदानस्थलमा पूर्वतयारी स्वरुप नै सुरक्षाकर्मी परिचालन भइसकेका छन्।

कास्की क्षेत्र न‌ं २ का ३२ मध्ये ७ अति संवेदनशील, ८ संवेदनशील र बाँकी १७ वटा मतदानस्थल सुरक्षा दृष्टिले सामान्य रहेको निष्कर्ष जिल्ला सुरक्षाले निर्क्याैल गरेको छ।

प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ मा शनिबार हुने उपनिर्वाचनका लागि जिल्लामा उच्च सुरक्षा सतर्कता बढाइएको सिडिओ केसी बताउँछन्। मतदान हुने दिन शनिबार कास्की जिल्लाभर सार्वजनिक गाडी गुड्न प्रशासनले रोक लगाएको छ।

शुक्रबार राति १२ बजेदेखि निर्वाचन हुने दिन शनिबारसम्म अत्यावश्यक सेवाका बाहेक अरु गाडी सञ्चालनमा रोक लगाइएको सिडिओ केसीले जानकारी दिए।

अत्यावश्यक सेवा र चुनावी प्रयोजनका लागि जिल्ला प्रशासनबाट पास लिएका गाडीबाहेक अरु गाडी गुड्न नपाउने भएका छन्।

‘राजमार्ग हुँदै अन्य जिल्ला जाने सवारीको हकमा यात्रुलाई असुविधा नहोस् भन्नका लागि ३/३ घन्टामा नाकाबाट स्कर्टिङको व्यवस्था मिलाएका छौँ’, उनले भने, ‘पूर्वमा कोत्रे खोला पुल (तनहुँ सिमाना), पश्चिम–उत्तरमा नयाँ पुल (पर्वत सिमाना) तथा दक्षिण पश्चिममा भकुण्डे (स्याङ्जा सिमाना)मा गाडी होल्ड गरी स्कर्टिङ गराइने छ।’

एम्बुलेन्स, शववाहन, दमकल, खानेपानी लगायतका अत्यावश्यक सेवाका गाडी भने नियमित चल्न पाउने छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरी फौजले गाडीलाई बीचमा यात्रु नचढाउने र नओराल्ने गरी स्कर्टिङ गराइने तयारी गरेकाे छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?