
काठमाडौँ – कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचन अन्तर्गत शान्ति उदय मावि वरपाण्डेथुम मतदान केन्द्रमा केहीबेर रोकिएको मतदान पुनः सुरु भएको छ । पोखरा–३३ स्थित केन्द्रमा एउता मतपत्रमा अधिकृतको हस्ताक्षर नभएपछि केहीबेर अवस्था असहज बनेको थियो ।
सोही केन्द्रबाट नेकपाकी उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी थिइन् । सो केन्द्रको १४१ औँ मतपत्रमा अधिकृतको हस्ताक्षर नरहेको पाइएको हो ।
मतदानका लागि गएका व्यक्तिले हस्ताक्षर नदेखेपछि त्यसबारे जानकारी गराएका थिए । केहीबेर हल्ला भयो । तर तत्कालै बसेको सर्वदलीय बैठकले हस्ताक्षर नभएका मतपत्र भटिए सदर गर्ने निर्णय गरेको छ । त्यसपछि सो केन्द्रमा मतदान जारी छ ।