सिमकाेट– हुम्लाका पाँच वटै मतदान केन्द्रमा दिउँसो एक बजेसम्म ६५.६० प्रतिशत मत खसेको छ। बिहान सात बजेर पाँच मिनेटमा मतदान सुरु भएको थियो।
खार्पुनाथ गाउँपालिका वडा नम्बर १ को मालिका मावि लालि मतदान केन्द्रमा सबैभन्दा बढी मत खसको छ। लालिमा कुल ८ सय ८९ मतमध्ये दिउँसो साढे एक बजेसम्म ७ सय ९४ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएकाे छ।
यस मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपाले साढे दुई सयदेखि तीन सयसम्म वारिसनामा बाट मतदान गरेका छन्। त्यसैगरी वडा नम्बर २ को शंकर मावि मतदान केन्द्रमा ३ सय ६८ मत खसेको छ भने हुम्ला मावि रायामा ३ सय ४४ मत खसेको छ।
यता वडा नम्बर ४ को सीता मावि छिप्रामा ३ सय ९६ र मान्धारा मावि भकुण्डामा ३ सय ६६ मत खसेको छ। यसमा एक हजार एक सय ३७ जना महिला मतदाता रहेका छन् भने एक हजार ८५ मतदाता पुरुष रहेका छन्।
हुम्लाका सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान भएको छ। खार्पुनाथ गाउँपालिकाको उपनिर्वाचनमा कुल तीन हजार तीन सय ८७ मतदाताहरु रहेका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































